१६ करोडको लगानीमा जीप लाइन सुरु गर्यो गढी भ्युले, ६० करोडमा थ्रीस्टार होटल पनि बनाउने

  २०७६ फागुन ४ गते १३:५४     राजाराम न्यौपाने

सांकेतिक तस्विर

काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा जीप लाइनमा सञ्चालमा आएको छ । जीप लाइन सुरु गरेको होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले ६० करोडको लगानीमा होटल पनि खोल्ने भएको छ ।

१ किलोमिटर लामो दुरीको जीप लाइनमा एकल, संयुक्त र सुपरम्यान खेल्न सकिनेछ । जिप लाइन खेल्न फागुन भरी २० प्रतिशत छुटको अफर रहेको कम्पनीले जानकारी दिएको छ ।

जीप लाइन संचालनमा अाएसँगै मकवानपुरगढी सरर घुम्न पाइने भएको छ । गत शुक्रबारदेखि मकवानपुरगढीमा जीप लाइन सञ्चालनमा आएसँगै गढी क्षेत्र पर्यटक बढन थालेका छन् ।

हेटौंडा उपमहानगरपालिकासँगै सीमाना जोडिएको मकवानपुरगढी–२ ताप्लाखर्कमा होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले जीप लाइन सञ्चालनमा ल्याएको हो ।

होटल गढी भ्यु एण्ड रिसोर्ट प्रालिका अध्यक्ष दिलिप घिमिरेले सुरुमा जीप लाइन सञ्चालन गरिएको र अब थ्रीस्टार होटल निर्माण हुने बताए । सुरुमा १० जनाले रोजगारी पाएका छन् । विस्तारै रोजगारीको सख्या पनि वृद्धि हुने छ । होटल गढी भ्यू एण्ड रिसोर्ट ३० कठ्ठामा निर्माण हुने छ ।

नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि ऐतिहासिक स्थल मकवानपुरगढी दरबार नजिक जिल्लामा नै पहिलो पटक जीप लाइन सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष घिमिरेले जानकारी दिए ।

‘मकवानपुरगढी पर्यटकीय क्षेत्र भएकोले पर्यटक आकर्षणलाई ध्यानमा राखेर जीपलाइन सञ्चालनमा ल्याएको हो’, घिमिरेले भने ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जीप लाइनले मकवानपुरगढी गाउँपालिकामा पर्यटक भित्र्यान सहयोग गर्ने बताए ।

हेटौंडा बजारबाट करिब १५ किलोमिटर दुरीमा रहेको जीप लाइन मकवानपुरको लागि नौलो हो । यो जीप लाइन मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहटसहित छिमेकी देश भारतका पर्यटकको लागि पनि आकर्षण केन्द्रबिन्दु हो ।

जिप लाइन खेल्न एकलको २ हजार, संयुक्तको ४ हजार ५ सय र सुपरम्यानको ३ हजार दर रहेको जनाइएको छ । निर्माणाधिन थ्रीस्टार होटल गढी भ्यू एण्ड रिसोर्टमा १९ वटा आवासीय सुविधासहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल रिसोर्ट लगाएत निर्माण हुने घिमिरेले जानकारी दिए ।

काभ्रेको धुलिखेलमा जीप लाइन सञ्चालन गर्ने समूहले गढीमा जीप लाइल सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.