नेप्सेको स्वतन्त्र सञ्चालकमा महर्जन नियुक्त

  २०७६ फागुन ४ गते १३:११     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन नियुक्त भएका छन् । नेपाल सरकार तथा अर्थ मन्त्रालय मन्त्रीस्तरको निर्णयबाट महर्जनलाई नेप्सेको उक्त पदमा नियुक्त गरिएको हो ।

नेप्सेको सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले नवनियुक्त सञ्चालक महर्जनलाई माघ २९ गते पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

नियुक्त भएसँगै महर्जनले आगामी चार वर्षसम्म नेप्सेमा स्वतन्त्र सञ्चालकको पदको जिम्मेवार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.