आइतबार सुनको मूल्य प्रतिताेला ५ सय रुपैयाँले बढ्यो

  २०७६ फागुन ४ गते १३:०२     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको साताको शुरुवातमा ५ सय रुपैयाँ बढेर ७६ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

गत शुक्रबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.