नार्कले सिफारिस गरेका विऊमा किन बढ्दैछ समस्या?

  २०७६ फागुन ४ गते १३:०१     सुनिता पुडासैनी

काठमाडौं । पछिल्लो समय बालीमा किरा लाग्ने समस्या बढेको छ । अन्नबालीलाई फस्टाउनका लागि प्रयोग गरिने रसयानिक मल तथा विभिन्न विषादियुक्त रसायनको प्रयोगका कारण किरा लाग्ने समस्या झन बढ्दै गएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का अनुसार मानिसहरुले धेरै उत्पादन गर्ने महोत्कांक्षाका साथ अन्नबालीमा रसायन तथा विषादीको प्रयोग गर्नाले यो समस्या झन बढेको हो । मानिसहरुले किरालाई मार्ने औषधि भनेर प्रयोग गर्ने गरेका छन् तर उक्त औषधि विषको कुरामा परिणत हुने नार्कले जनाएको छ ।

सो औषधि बालीका लागि उपयुक्त नहुने नार्क सञ्चार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख मनोज ठाकुरको भनाइ छ । रसायनिक विषादीले प्राकृतिक सन्तुलनमा उपयोगी जीवहरु विनाश गर्ने हुँदा त्यसको प्रभाव माटोमा तथा बालीमा देखा पर्ने उनको भनाइ छ ।

‘बालीमा रासायनिक मल प्रयोग गर्दा लक्षित किराहरु मर्न सक्दैन, बाँकी रहेका किराबाट पनि पुनः अन्य किराको उत्पती हुन्छ, यसले झन बालीमा समस्या हुन्छ,’उनले भने ।

कृषि अनुसन्धान परिषद्ले हालसम्म ७३ बालीको ६ सय ९८ वटा जातका विउलाई सिफारिस गरेको छ । ती मध्ये ३९ वटा जातका बिऊलाई सिफारिसबाट हटाएको छ । हटाइएका बालीमध्ये वर्षे धानका १२ जात, मकैका ११, गहुँका १३, दलहन २, तेलहन र तेलहन बाली गरी ३९ जातका विऊ सिफारिसबाट हटाइएको हो ।

सूचिकृतबाट हटेका जातहरुमा हेटौँडा कम्पोजिट, सर्लाही सेतो, ककनी पहेँलो, रामपुर पँहेलो, जानकी मकालु दुई लगायतका रहेका छन् ।

सिफारिस भएका ३९ वटा जातका विऊहरु लामो समयसम्म प्रयोग गरेका तथा राम्रो उत्पादन तथा उल्लेख्य नतिजा नआएपछि तिनीहरुलाई सिफारिसबाट हटाइएको हो । किसानहरुले ती बाली तथा विऊमा किरा लाग्ने समस्या देखिएको गुनासो गरेपछि सिफरिसबाट हटाइएको नार्कले बताएको छ ।

कम्तीमा २० देखि ३० वर्ष पुरानो बाली तथा विउहरुको गुनासो तथा उत्पादनको अवस्था हेरेर नार्कले बालीको जातलाई सूचीबाट हटाउ सक्ने व्यवस्था गरेको छ । नार्कले हालसम्म २ सय ७५ उन्मोचित जातका विउ र ४ सय २३ वटा पञ्जिकरण जातका विउलाई खेतबारीमा सहजै लगाउन सक्ने स्वीकृति दिएको छ ।

देशमा वेरोजगारी अन्त्य गर्ने तथा स्वदेशमा नै रोजगारी प्रदान गर्ने उद्देश्यले कृषिमा नयाँ प्रविधिको प्रयाेग बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.