लक्ष्मी लघुवित्तले व्यवसायीलाई दियो बेमौसमी तरकारी खेती तालिम

  २०७६ फागुन ४ गते १२:४०     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध ३१ जना व्यवसाय उन्मुख ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । फागुन १ र २ गते सञ्चालन भएको उक्त तालिम मौसमी तरकारी खेती सम्बन्धी परम्परागत सीपलाई व्यवसायीकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

तालिममा बेमौसमी तरकारी खेतीको महत्व तथा फाइदाहरु, बेमौसमी तरकारी खेती प्रविधि, खेतीको लागि उपयुक्त स्थल, समय र तरकारी बालीका जातहरुको छनोट, खेती प्रविधिमा परिवर्तन, विभिन्न रसायनको प्रयोग विधि, भण्डारण गर्ने तरीका, पोष्टहार्भेष्ट प्रविधि, व्यवसायका समस्या र समधानका उपायहरु एवम् सफल उद्यमीमा हुनुपर्ने गुणहरुको बिषय बस्तुहरुमा चर्चा गरिएको थियो ।

तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) श्री ओम प्रकाश भुसालले गरेका थिए । साथै, लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.