स्पर्श लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन्न

  २०७६ फागुन ४ गते १२:२७     विकासन्युज

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखा कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई लघुवित्त फिल्ड व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । बिहीबार पोखरामा भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आचार्य, विभागीय प्रमुख विनोद पराजुली, लेखा अधिकृत ऋषभ सुवेदी तथा अनुगमन अधिकृत शम्सेर बहादुर नेपालीले कर्मचारीहरुलाई आफु कसरी फिल्डमा प्रस्तुत हुने ? सदस्यहरुलाई संस्था प्रति कसरी उत्प्रेरित गराई राख्ने ? भन्ने विषयमा कक्षाहरु संचालन हुनुका साथै कार्यालयको दैनिक कृयाकलाप सरल,छिटो छरितो र त्रुटि रहित गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।

यस क्रममा कर्मचारीहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले दक्ष कर्मचारीहरुको लघुवित्तमा भएको अवसरहरुको बारेमा जानकारी गराउँदै आफनो क्षमता,दक्षता अभिवृद्घि हुने गरि कार्य गर्न उत्प्रेरित गरेका थिए ।

त्यस्तै, उनले वित्तीय संस्थाको दोस्रो त्रैमास सम्मको लक्ष्य र प्रगति तथा आउदो त्रैमासको लक्ष्य प्राप्तिका रणनीतिसँगै सफलताको शुभकामना दिएका थिए । मानव संसाधन विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २० वटा शाखाका ४२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.