स्वस्थ बच्चा प्रतियोगिता समापन, ८ महिना आर्यस तिवारी पहिलाे स्थानमा

  २०७६ फागुन ३ गते १७:३९     विकासन्युज

काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालसँगको सहकार्यमा लायन्स क्लबको चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा २ वर्षसम्मको बच्चा तर्फ पहिलो आर्यस तिवारी ८ महिना, दोस्रो स्पन्दन शर्मा १९ महिना र तेस्रो युभान राज जोशी ५ महिना का भएका छन् ।

यस्तै २ वर्ष देखि ३ वर्षसम्म तर्फ रिदान नेपाल २५ महिना, दोस्रो सुदिश्याम बस्नेत ३१ महिना र तेस्रो सुबल मालाकार भएका छन् । भाग लिनको लागि अस्पतालले जन्मदर्ता कार्ड, खोपको कार्ड अनिवार्य गरेको उक्त प्रतियोगितामा ६२ जना बालबालिकाको सहभागिता रहेको थियो । अस्पतालको प्रांगणमा भएको यस प्रतियोगिता सन् २०१५ देखि लायन्स क्लबले आयोजना गर्दै आएको छ ।

उपचार भन्दा रोकथाम नै ठुलो भएको र कुनै पनि बालबालिका पछि गएर रोगले नसताओस् भन्ने उदेश्यको साथ स्वस्थ बच्चा प्रतियोगिता आयोजना गरेको लायन्स क्लबका पुर्व जिल्ला गर्भनर मधुकर कुमार उपाध्याय बताउँछन् । बालबालिका बाल्यअवस्था देखि नै स्वस्थ हुनुपर्छ भन्ने सन्देश सबै अभिभावकमा प्रवाह गर्नु आफुहरुको मुख्य उदेश्य रहेको उपाध्यायले बताए ।

आजको बच्चाहरु नै भोलिको देशको सबल सक्षम नागरिक हुन् । यदि कोही बच्चा बिरामी हुन्छ भने त्यसको असर परिवारलाई मात्र नपरेर पुरा समाजलाई पनि पर्ने उपाध्याय बताउँछन् । बच्चाहरु हेर्दा स्वस्थ देखिए पनि कतिपय अवस्थामा उनीहरुको भित्रि अवस्था राम्रो नभएको हुन सक्ने ग्राण्डी अस्पतालका बाल रोग शाखाका प्रमुख डा. सन्जय राज थापा बताउँछन् । यो विषयलाई हरेक अभिभावकले ध्यान दिन जरुरी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.