चीनमा रहेका नेपाली लिन वुहान उड्याे जहाज

  २०७६ फागुन ३ गते १६:५५     विकासन्युज

काठमाडौं । चीनको नेपालीका उद्धारका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान प्रस्तान गरेको छ । कोरोना भाइरसको संक्रमन बढेसँगै नेपाल विद्यार्थी तथा नागरिकलाई नेपाल ल्याउनका लागि उक्त जहाज चीनको वुहानतर्फ शनिबार ४ बजे उडेको हो ।

कोरोना भाईरस फैलिएसँगै मुहानमा फैलिएसँगै तथा वरपरका सहरबाट १ सय ८५ जना नेपाली आउने भएका छन् । यसमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लिडर ।

उद्दार गरेर काठमाडौं ओरालेपछि क्वारेन्टाइनमा राख्न भक्तपुरको विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा लगिने भएकाे छ ।  पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका ६, नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिने  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.