सनराइज बैंकका ग्राहकलाई क्युएफएक्समा फिल्म हेर्दा पप्कर्न फ्री

  २०७६ फागुन २ गते १७:५३     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले क्युएफएक्स सिनेमामा फिल्म हेर्न जाँदा पप्कर्न फ्री पाउने भएका छन् । बैंकले क्युएफएक्स सिनेमाजसँग सहकार्य गर्दै ल्याएको ‘सनराइज पप्कर्न म्यनिया’ योजना अन्तर्गत ग्राहकले सो सुविधा पाउने भएका हुन् ।

शुक्रबार क्युएफएक्स सिनेमा, कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्ट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका हुन् ।

तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क्युएफएक्स सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट किन्दा प्रतिटिकट एउटा पप्कर्न निःशुल्क पाउने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत ठट प्रतिकारोबार अधिकतम पाँचवटासम्म निःशुल्क पप्कर्न प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.