सिद्धार्थ बैंकद्वारा काभ्रेको बनेपामा वित्तीय साक्षरता कार्यक्रम

  २०७६ फागुन २ गते १७:०४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले काभ्रेको बनेपामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा फागुन १ गते उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, करआदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।

हाल बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.