अख्तियारलाई सर्वाेच्चको प्रश्नः माधव नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा किन नचलाएको ?

  २०७६ फागुन २ गते १६:१४     विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिदबिक्री प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध मुद्दा नचलाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ मागेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न अख्तियारलाई आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै रिट हालेका थिए । उक्त रिट प्रधानन्यायधीश राणाको इजलासमा परेको थियो ।

पूर्वप्रधानमन्त्रीद्वयलाई अख्तियारले उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानले उनीहरूविरुद्ध पुनः मुद्दा चलाउन आदेश माग गर्दै बुधबार रिट दायर गरेका थिए । रिटमा वरिष्ठ अधिवक्ता न्यौपानले नीतिगत निर्णय भनेर सार्वजनिक जग्गा व्यक्तिको बनाउन नमिल्ने तर्क गर्दै भट्टराई र नेपालविरुद्ध पनि पुरक अभियोगपत्र दायर गर्न अन्तरिम आदेशको माग गरेका छन् । उनको रिटमा निर्णय गर्ने प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने तर्क गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.