विश्वका सबैभन्दा जेठो पुरुष, धेरै बाँच्नुकाे रहस्य कहिल्यै नरिसाउनु

  २०७६ फागुन २ गते १३:००     विकासन्युज

काठमाडौं । जापानका चितेत्सु वातानाबी हुन् विश्वका जेठो पुरुष । उनी अहिले १ सय १२ वर्षका भए । उनी मार्चमा १ सय १३ वर्षका हुँदैछन् ।

उनले आफ्नो जन्मदिन भन्दा पहिला गिनिज वल्र्ड रेकर्डबाट उपहार पाएका छन् । जसले आफु विश्वका जेठो पुरुष हुँ भन्ने पुष्टि गराई सकेका छन् ।

आफु लामो समय बाँच्नुको कारण कहिले नरिसाउनु र सधैं हाँसिराख्नु भएको उनी बताउँछन् । उनलाई ब्राउन सुगर जस्तो मिठाई पनि मन पर्दछ । तर, अहिले दाँत नभएकोले उनी क्स्टर्ड र क्रिम हालेको पफहरु मन पराउँछन् । सन् १९०७, मार्च ५ गते जन्मिएका वातानाबी परिवारको ८ वटा छोराछोरी मध्येका सबैभन्दा जेठा छोरा हुन् ।

कृषि स्कुलबाट दिक्षित भएपछि उनले १८ वर्ष ताईवानमा बिताए जहाँ उनले उनको श्रीमति मित्सुलाई भेटेर बिहे गरेका थिए । उनका ५ वटा छोराछोरी छन् । दोस्रो विश्वयुद्धको अन्त्य तिर उनले सैनिकमा पनि सेवा दिएका थिए । त्यसपछि उनी आफ्नै ठाउँ निगातामा फर्किए र अवकाश प्राप्त गर्दासम्म कृषि कार्यलयमा काम गरिरहे ।

यद्यपि, अवकाशले उनलाई सक्रिय हुनबाट रोकेन । सन् १९०७ मा उनी र उनका छोराले परिवारको लागि घर बनाए जहाँ वातानाबीले १०४ वर्षको उमेरसम्म तरकारीको खेती गरे । पछिल्लो एक दशक उनले बोनसाईका रुखहरु रोपे र त्यसलाई प्रर्दशनमा पनि राखे ।

कुन देशका मानिसहरु सबैभन्दा बढि बाँच्छन् ?

जापानका मानिसहरुको सबैभन्दा लामो आयु भएको बताइन्छ । विश्व स्वास्थ्य संगठन्का अनुसार जापानीहरुको औसत आयु ८४.२ वर्ष छ । पुरुषहरुको औसत आयु ८१ वर्ष रहेको छ भन्दा महिलाको ८७ वर्ष छ ।

जापानीहरुको खानपानलाई उनीहरु लामो समय बाँच्नुको एक कारण मान्दछन् । उनीहरु विशेष गरेर मुटु लाई स्वस्थ राख्ने माछा खान्छन् । जुन ओमेग ३ फ्याटी एसिडका मुख्य स्रोत हुन् । तोफु, समुन्द्रि जनावर अक्टोपस, सिविड (समुन्द्रि तरकारीबाट बन्ने एक परिकार) जापननिजहरुमा प्रख्यात खानेकुरा हुन् ।

यी खानाले क्यान्सर लाग्ने सम्भावना कम बनाउँछ । यस्तै, जापानिजहरुमा मोटोपना पनि एकदमै हुन्छ । कुल जनसंख्याको ३ं.६ प्रतिशत जापानिजमा मात्र मोटोपनाको समस्या छ । मोटोपनाको कारण वर्सेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । यसको कारण मुटुरोग, क्यान्सर हो ।

साथै, जापानीज स्वास्थ्य सेवा प्रणालीलाई संसारको सबैभन्दा उत्तम मानिन्छ । जापानमा उत्कृष्ट चिकित्सा ज्ञान र उपकरणहरुको साथै सरकारले ७० प्रतिशत स्वास्थ्य खर्च बेहोर्छ भने कम आय भएका व्यक्तिको ९० प्रतिशतसम्म बेहोर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.