कुमारी बैंकद्धारा फुड फर लाइफ नेपाललाई ५ लाख सहयोग

  २०७६ फागुन २ गते १२:५१     विकासन्युज

काठमाडौं । कुमारी बैंकले फुड फर लाइफ नेपाललाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत बिहीबार एक कार्यक्रमबीच उक्त संस्थालाई सो मात्राको रकम हस्तान्तरण गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोह माझ उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

फूड फर लाईफ नेपाल एक गैरसरकारी, परोपकारी संस्था हाे । जसले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.