सांसद आचार्यद्वारा सामुदायिक भवनको शिलान्यास

  २०७६ फागुन २ गते ११:३८     विकासन्युज

काठमाडौं । रसुवाको कालिकामा आयोजित जेष्ठ नागरिक सामुदायिक भवनको शिलान्यास सासंद मोहन आचार्य गरेका छन् । आचार्यले जेष्ठ नागरिकहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने उल्लेख गर्दै उनीहरुको अनुभव रसिपलाई व्यवहारमा उतार्न सके समाज लाभान्वित हुन सक्ने बताए ।

निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) मार्फत ५० लाख रूपैयाँको लागतमा सो भवन निर्माण गर्न लागिएको हो। भवन निर्माणका लागी यस वर्ष १५ लाख रूपैयाँ विनियोजन गरिएको छ,भने अर्को आर्थिक वर्षमा सो भवन निर्माणमा सम्पन्न गरिने छ ।

कार्यक्रम प्रदेस सभा सदस्य प्रेम तामाङर उत्तरगयाँ गाँउ पालिकाका प्रमुख उपेन्द्र लम्सालले सांसद आचार्यको पहलमा रसुवाले पूर्वाधार निर्माणले गति लिएको बताए ।

सांसद आचार्य कै पहलमा संवृद्ध रसुवा निर्माण अभियान अन्तर्गत जिल्लाका सबै क्षेत्रलाई सडक सन्जालमा जोड्ने काम भइरहेको उनीहरूले बताएका छन् ।