आरएमडीसीद्वारा सर्लाहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २०७६ फागुन २ गते १०:१२     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको इटहरी शाखाले बिहीबार एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीमा आयोजित उक्त कार्यक्रममा ३९ वटा सहकारीहरुबाट ६३ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ  सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेले गरेका हुन् भने प्रमुख अथितिका रुपमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझा रहेका थिए ।

वित्तीय पहुँच अभिवृिद्घ तथा उद्यमशिलाको विकास मार्फत प्रदेशलाई आत्मनिर्भरता अभिवृद्धि र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीबारेमा जानकारी गराउने उद्देश्यले आयोजित यस १ दिने अन्तरक्रिया कार्यक्रममा इटहरीका शाखाप्रबन्धक गोबिन्द प्रसाद पौडेलले सहभागीहरुलाई स्वागत गरेका थिए ।

अन्तक्रिया कार्यक्रमको दोश्रो सत्रमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृतले आरएमडीसीको परिचय, उद्देश्य, तथा संचालन गरिरहेका कार्यहरुका साथै साझेदार बन्न आवश्यक न्युनतम मापदण्ड तथा प्रक्रियाहरुको बारेमा जानकारी गराए ।

आरएमडीसीले संस्थागत विकास तथा क्षमता अभिवृद्धिका लागि सहयोगी भुमिका निर्वाह गर्दछ भने वित्तीय सुशासन कायम नगर्ने, नितीनियम भन्दा बाहिर जाने सहकारीहरुसँग आरएमडीसी कडा रुपमा पनी प्रस्तुत हुने हुदा बजारमा आरएमडीसी आफैमा एउटा ब्राण्डको रुपमा रहेको समेत जानकारी गराएका थिए ।

उनले आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीमा कसरी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिवृद्धि, वित्तीय पहुँच अभिवृिद्ध गरी उद्यमशिलताको विकास मार्फत आत्मर्निभर भै गरिबी न्युनीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि चर्चा गरे ।

कार्यक्रममा आरएमडीसीका हाल कायम रहेका साझेदार संस्थाहरुबाट आरएमडीसीसँगको साझेदारीबाट प्राप्त गरेका फाईदाहरु तथा संस्थागत विकासका कार्यक्रममा आरएमडीसीका हाल कायम रहेका साझेदार संस्थाहरुबाट आरएमडीसीसँगको साझेदारीबाट प्राप्त गरेका फाईदाहरु तथा संस्थागत विकासका बारेमा पनि अनुभव आदान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.