सिद्धार्थ बैंककाे शुपरच्युनीटी योजनाः दराजमा सामान किन्दा १५% छुटका साथै क्यास ब्याक पनि

  २०७६ फागुन १ गते १९:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ शुपरच्युनीटी’ नामक विशेष छुट योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै उक्त योजना ल्याएको हो ।

यस अन्तर्गत दराजमा कार्डमार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म वा अधिकतम ५ सय रुपैयाँ छुट पाइने छ । त्यस्तै, पहिलो दुई पटक एक हजार वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ क्यास ब्याक पाइने छ ।

त्यसैगरी, पहिलो दुई पटक एक हजार रुपैयाँ सो भन्दा बढि रकमको पीओइस मेसिनमार्फत् कारोबार गर्दा ३ सय ८२ रुपैयाँ क्यास ब्याक पाइने कम्पनीले जानकारी गराएको छ ।

फागुन १ गतेदेखि लागू हुने यस योजना सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ । यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे बैंकको विश्वास छ ।

हाल बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.