एभरेष्ट बैंकले हस्तान्तरण गर्यो नयाँ बानेश्वरको अपाङ्गमैत्री सार्वजनिक शौचालय, एक वर्षमा १४ वटा बनाउन सफल

  २०७६ फागुन १ गते १९:२६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिम तर्फ छक्कुबक्कु मन्दिर नजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । बैंकले भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले निर्माण गरेको उक्त शौचालय काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको हो ।

उक्त शौचालयको साथसाथै सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत यस बैंकले सहयोग गरेको छ । उक्त कार्यबाट स्थानीय तथा आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकको विश्वास छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ ।

उक्त सार्वजनिक शौचालय, बैंकको सीएसआर कमिटीका सदस्य डा.गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रुपमा, काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष राम कुमार केसीलाई हस्तान्तरण गरेका हुन् ।

हाल बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमबाट सेवा दिँदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.