गुराँस लाईफ इन्स्योरेन्सको आय २९ करोडले बढ्यो

  २०७६ फागुन १ गते १९:१६     विकासन्युज

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले आय बढाएको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा आय १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा आय १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

खुद बीमा शुल्कः
चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९५ करोड ७७ लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ७१ करोड ९९ लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क २४ करोड रुपैयाँले बढेको छ ।

पूनर्बीमा कमिशन आयः
कम्पनीको पूनर्बीमा कमिशन आय शिर्षकमा कुनै तथ्याङ्क देखिदैन ।

लगानी, कर्जा तथा अन्यबाट आयः
कम्पनीको चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्यबाट आयमा ३० करोड ३८ लाख रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा २३ करोड ७५ लाख रुपैयाँ रहेकाे छ ।

हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३४ करोड ७२ लाख ९७ हजार रुपैयाँ रहेको छ । यस्तै, जीवन बीमा कोषमा कम्पनीको ६ अर्ब ६७ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

बीमा लेखको धितोमा कर्जाबाट आयः
बीमा लेखको धितोमा कर्जाबाट आयमा कम्पनीको चालु अवको दोस्रो त्रैमासमा २ करोड १८ लाख ४१ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १ करोड २९ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.