युनाइटेड फाइनान्सका ग्राहकले हेरचारको सेवा शुल्कमा १० प्रतिशत छुट पाउने

  २०७६ फागुन १ गते १९:०४     विकासन्युज


काठमाडौं । युनाइटेड फाइनान्सका ग्राहकले हेरचार डटकमको सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच बिहीबार सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा युनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय कुमार मिश्र र हेरचार डटकमका तर्फवाट प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरेका हुन् । यससँगै फाइनान्सका ग्राहकले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भार सम्बन्धि कार्यहरुको लागि १० प्रतिशत छुट पाउने छन् ।

हेरचार डटकमले फागुन १ गतेदेखि नै लागु हुने गरी आफ्नो बजार विस्तारलाई आक्रमक रुपमा अगाडी बढाउनको लागि फाइनान्ससँग उक्त सम्झौता गरेको हो ।

हेरचार डटकमले विगत डेड वर्षदेखि व्यावसायिक घराना बैंक, इन्सोरेन्स, फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको छ । छिटै नै बुटवल तथा हेटौडामा शाखा विस्तार गर्न लागेको हेरचारले काठमाण्डौ बाहिरपनि हेरचारको सेवालाई आक्रमक रुपमा विस्तार गर्न लागेको हेरचार प्रबन्धक रमेश कुमार भट्टराइले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.