सेञ्चुरी बैंकका ग्राहकले बुटवलको क्लवमा १० प्रतिशत छुट पाउने

  २०७६ फागुन १ गते १८:४९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बुटवलको रुपन्देहींस्थित क्लव दे नोभोमा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच सम्झौता भएसँगै बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा विशेष छुट पाउने भएका हुन् ।

उक्त सम्झौतापत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराईर क्लव दे नोभा प्रा.लि.का प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.