ज्योति लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा पुनः राजेश हमाल

  २०७६ फागुन १ गते १८:३६     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक सद्भावनादुत(ब्राण्ड एम्बेसडर)मा पुनः नेपालका महानायकका रुपमा परिचित राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले बिहीबार मात्रै महानायक हमाललाई आगामी दुई २ वर्षको लागि पुनः नियुक्त गर्ने सम्झौता गरेको हो ।

उक्त कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाई कम्पनीमा पुनःआवद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ ।

छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद नाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावनादुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि खुसी लागेको राजेश हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.