करिब ३० अर्ब रूपैयाँ बराबरकाे सिमेन्ट उधाराेमा फस्याे, उठाउन सरकार कानुन बनाउँदै

  २०७६ फागुन १ गते १८:१७     राजाराम न्यौपाने

काठमाडौं । उधाराे व्यापारले बजारमा सकस पैसा भएपछि सरकारले उधाराे उठाउने कानुन नै बनाउने तयारीमा जुटेकाे छ । व्यापारीहरूले उद्याेगिसँग उधाराेमा माल लिने तर भुक्तानी गर्ने बेलामा अनेक वहाना गरेर पन्छने प्रवृतिले बजारमा गम्भिर समस्या  सिर्जना गरेकाेले उधाराे उठाउने कानुन बनाउन लागिएकाे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष तराप्रसाद पोखरेलका अनुसार सिमेन्ट उद्योगको झण्डै ३० अर्ब रूपैयाँ फसेकाे छ । प्रत्येक सिमेन्ट उद्योगको ४० देखि ५० करोडसम्म बजारबाट पैंसा उठन बाँकी रहेको उनले बताए । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् भने अहिले ६१ उद्योग मात्रै संचालनमा छन् ।

उद्याेगिकाे पैसा  बजारमा फसेको र सिमेन्टको माग काम पनि कम भएको कारणले सिमेन्ट उद्योगहरु पूर्णरुपमा सञ्चालन हुन नसकेकाे उनले बताए । सिमेन्ट उत्पादकहरुले सिमेन्ट उत्पादन गरेर  बिक्रेताहरुलाई निश्चित समयका लागि उधाराे दिने अभ्यास छ ।

उद्योगीसँग व्यापारीले उधाराेमा माल चलाए झै  उखु किसानको पैंसा पनि उद्योगीले दिन बाँकी छ । बस्तु व्यापारकाे साथै सेवा व्यापारमा पनि उधाराे अभ्यास व्यापक छ । खासगरी पर्यटन, शिक्षा, स्वास्थ्य र सञ्चार जस्ता सेवा क्षेत्रमा पनि उधाराेले संकट बढाएकाे व्यवसायीहरू बताउँछन्र । नयाँ कानुन बनेपछि सबै क्षेत्रमा रहेकाे उधाराे काराेबार समस्या सम्बाेधन हुने राज्य मन्त्री दुगडले बताए ।

 उद्योगलाई राहात दिने सरकार सरकारी साेच

सरकारले सिमेन्ट प्रयोग गरेर सडक निर्माण गर्ने योजना अगाडी सारेको छ । विटुमिन प्रयोग भएको सडक चाँडै भत्किन थालेपछि कंक्रिट सडक बनाउने योजना अघिसार्ने भएको छ । धेरै लोड बोकेका गाडी गुड्दा र कालोपत्रे सडक एक झर पानीले नै क्षतविक्षत बनाउन थालेपछि सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक बनाउने योजना सरकारले अघि सारेको हो ।

विटुमिन प्रयोग गरेर निर्माण गरिएको सडक कति समय टिक्छ भन्न सकिदैन तर कंक्रिट सडक थोरैमा पनि ३० वर्ष टिक्ने विज्ञहरु बताउछन् ।

नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् ।

सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्ष पछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन । नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.