नेशनल लाईफको नाफा २३ करोड माथि

  २०७६ फागुन १ गते १८:०२     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४७ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा नाफा २३ करोड ५८ लाखरुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा भने ३० अर्ब १५ करोड रुपैयाँ छ ।

कम्पनीको जगेडा कोषमा ६९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.