नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको भवन उद्घाटन

  २०७६ फागुन १ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवनिर्मित भवन उद्घाटन भएको छ । उद्योग वाणिज्य महासघंकी अध्यक्ष भवानी राणाले बिहीबार एक कार्यक्रमबीच सुर्खेतमा विस्तारित उक्त भवनको उद्घाटन गरेकी हुन् ।

साे अवसरमा महासंघका कोषाध्यक्ष निरक के. सी, कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदम शाही, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य प्रवल जङ पाण्डे लगायत वाणिज्य महासंघका केन्द्रिय सदस्य, कोहलपुर उद्योग वाणिज्य सघं र कर्णाली प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.