तपाईंको शरीरको आकार कस्तो छ ? यस्तो कपडा लगाउनुस्, साच्चै राम्रो देखिन्छ

  २०७६ फागुन १ गते १०:३३     विकासन्युज

काठमाडौं । धेरै मानिसहरु लुगा लगाउन शौेखिन हुन्छन् । आफ्नो शरीरमा चिटिक्क र सुहाउने लुगा सबैलाई मनपर्छ ।

आफूलाई के लगाउँदा सुहाउँछ वा सुहाउँदैन भन्ने हरेक मानिसको लागि एउटा महत्वपूर्ण विषय हो । किनभने हरेक मानिसहरु सुन्दर देखिने चाहना राख्छन् ।

विभिन्न कारण तपाईले लगाएको कपडा तपाईलाई निकै नै खुलेको हुन्छ र यसको एक प्रमुख कारण हो तपाईको शरीरको आकार र तपाईको छालाको रंग ।

पुरुषको दाँजोमा महिलाहरुको भिन्नभिन्न आकारको शरीर र धेरै मात्रामा कपडाको विकल्प हुने भएकोले पनि उनीहरु के लगाउने भन्ने तनावमा हुन्छन् । यद्यपि पुरुषहरुलाई यो समस्या छैन भनेर भन्न मिल्दैन ।

तपाईंकाके शरीरको आकार अनुसार यस्तो पहिरन गर्नुभयो भने तपाईं वास्तवमै आकर्षक र राम्रो देखिनु हुनेछ ।

१. त्रिकोण शरीर आकार

यदि तपाईको शरीरको आकार त्रिकोण हो कि होईन भन्ने दुविधामा हुनुहुन्छ भने सबैभन्दा पहिला ईजिप्टको पिरामिडको आकार सम्झनुहोस् । त्यस आकारलाई उल्टोबाट सोच्नुहोस् । यदि तपाईको काँध फराकिलो छ, कम्मर सानो छ र तपाईको शरीरको तल्लो भागतर्फ बढ्दै गर्दा खुट्टाहरु पातलो छन् भने तपाईको शरीर त्रिकोण आकारको हो ।

यदि तपाई यो आकारको हुनुहुन्छ भने खुशी हुनुहोस् किनभने ५ प्रतिशत महिलाहरु मात्र यो आकारको हुने गरेको बताईन्छ । तर यसको मतलब तपाईसँग फेसनका विकल्प कम छन् भन्ने पक्कै पनि होइन । यस्ता धेरै उपायहरु छन्, जसको मद्दतले तपाईले आफ्नो शरीरको माथिल्लो भाग र तल्लो भागलाई ब्यालेन्स गर्न सक्नुहुन्छ ।

तपाईको शरीरको माथिल्लो भागलाई सानो र राम्रो देखाउन जहिले पनि फिटिंग र गाढा रंगको कपडा लाउनुहोस् । भि–नेक, काउल नेक वा स्क्वायर नेक सर्ट कपडाहरुले तपाईलाई बढी राम्रो देखाउँछ ।

तपाईको खुट्टाको भागलाई हाई वेस्ट पाईन्ट र स्कर्टहरुले राम्रो देखाउन मद्धत गर्दछ । यस्ता आकार भएका महिलाहरुले टिर्सट, स्कर्टहरुको तल्लो भाग धेरै खुलेको छ भने नलगाउनुहोस् र साथै घुडामा खुला भएको पाईन्टहरु पनि नलगाउनुहोस् ।

२. आवर ग्लास सेप

यो आकारको शरीर भएको महिलाहरुको काँध र हिप उत्तिकै फराकिलो हुन्छ भने कम्मर सानो हुन्छ । धेरै मानिसहरुले यो आकारको शरीरलाई आर्दश आकारको रुपमा लिने गर्छन् ।

यो आकार भएको महिलालाई राम्रो देखिन कम्मरमा विशेष फोकस गर्न जरुरी छ । यसो गर्नको लागि तपाईले छोटो टिर्सट, कम्मरमा बेल्ट भएको लुगा (र्याप डे्रस), पेन्सिल स्र्कट र यस्ता कुनै पनि लुगा प्रयोग गर्नुपर्छ, जसले तपाईको कम्मर र हिपको भागलाई बढी आकर्षक देखाउँछ ।

स्टाईल विशेषज्ञहरु यस्ता शरीर भएको मानिसहरुलाई खुला, ठुलो लुगा नलगाउन सुझाव दिन्छन् । यो शरीरको आकार भएको चर्चित हलिउड सेलिबे्रटीमा किम कार्डसियन पर्दछिन् ।

३. बनाना आकार

यो आकार भएको महिलाहरुको काँध, हिप र कम्मर सबैको एउटै चौडाई हुन्छ । यो आकारको शरीर भएको चर्चित व्यक्तिमा हलिउड नायिका जेनिफर गार्नर र एन्ने ह्याथवे पर्दछन् ।

यो आकार भएको महिलाहरुको छोटो कम्मर र हिप सानो हुने गर्दछ । यस्ता आकार भएका महिलाहरुलाई स्टाईल विशेषज्ञहरु सर्टलाई पाईन्ट भित्र नहाल्न सुझाव दिन्छन् । यो आकारको महिलाहरुले डे्रस लगाउँदा बेल्टहरुको प्रयोग गर्नुपर्छ । मिनीस्कर्टहरु यो आकारको मानिसहरुलाई निकै राम्रो देखिन्छ । यसका साथै स्किनी जिन्स पनि यो आकारलाई निकै नै खुल्दछ ।

४. नाशपाति आकार

यो आकार भएका महिलाहरु धेरै नै हुने बताइन्छ । हलिउड सेलिबे्रटी जेनिफर लोपेज यसको एक गतिलो उदाहरण हुन् । यदि तपाईको काँधको चौढाई तपाईको हिपको भन्दा सानो छ भने तपाई नासपति आकारको हुनुहुन्छ ।

यो आकार भएको महिलाहरुले काँध फराकिलो देखाउने कपडा लगाउनु पर्छ । यो आकार भएका महिलाहरुले टाईट जिन्स पाईन्टहरु लगाउन हुँदैन । किनभने यसले तलको भागमा मात्र ध्यान केन्द्रित गराउँदछ । यस आकारका महिलाहरुले माथिल्लो भागलाई केही ठुलो देखाउन भित्री वस्त्रहरु राम्रो रोज्नपर्छ । यस्तै सिधा आकारका पाईन्टहरु हिलसँग लगाउँदा यो आकारको महिलालाई निकै नै खुल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.