मोम्स मन्टेश्वरीद्वारा पोषणसम्बन्धी कार्यक्रम सम्पन्न

  २०७६ फागुन १ गते १०:२२     विकासन्युज

काठमाडौं । ‘स्वस्थ जीवनको आधार , सन्तुलित आहार’ को मूल नारालाई अँगाल्दै बानेश्वरस्थित  अब्स्त्तित मोम्स मन्टेश्वरीले पोषणसम्बन्धी कक्षा संचालन गरेको छ । उक्त कार्यक्रममा कीर्तिपुर बर्न अस्पतालमा कार्यरत पोषणविज्ञ मिरा शाहले पोषणको महत्व र आवश्यकताका बारेमा प्रशिक्षण दिएकी हुन् ।

अहिलेको व्यस्त जीवनमा उचित खानपानको तथा सन्तुलित पोषिलो खानेकुराको बारेमा सबैलाई जानकारी हुनु यो एउटा सरल मार्ग हो। आफ्ना बालबालिकाको पोषण स्तर कस्तो छ , के कस्ता खानेकुराहरु स्कुलमा खाइरहेका छन , त्यो सबैको बारेमा सहजै जानकारी पाउनु आफ्नो दायित्व मात्रै होइन अधिकार पनि भएकाे उपस्थित सबै अभिभावकले बताए ।

बाहिरका जन्क फुड , कुरकुरे , चाउचाउ, मःमः चाउमिन, रियल जुस, हर्लिक्स, मैदाको प्रयोगले स्वास्थमा नराम्रो असर पारिरहेको पोषण विज्ञले जानकारी दिइन् ।

आफ्नो घरमा पकाएको पोषिलो खाना नै स्वस्थको लागि राम्रो हो, साथै लिटो,जौ, कोदो, फापर , मकै आदिको प्रयोग गर्नुपर्ने र मौसमी फलफूल , सागपात, तरकारी , आदिको प्रयोग दिनहुँ आफ्नो गक्ष अनुसार खानामा समावेश गर्नुपर्ने डा. शाहले बताइन् ।

स्कुलका प्रिन्सिपलले अब हरेक स्कुलमा पोषणको कार्यकर्म संचालन हुनु पर्नेमा जोड दिए । अभिभावकहरु पनि अब आफ्नो नानी बाबुहरु अब ढुक्कसँग स्कुलमा शिक्षा मात्र नभई पोषिलो खानेकुरामा पनि विश्वस्त रहेको बताए । पोषण विशेषज्ञ शाहले अब हरेक क्षेत्रमा पोषणको एउटा अभियान थाल्नुपार्ने समेत जानकारी दिएकी छन् ।

यस स्कुल विगत ६ वर्षअघिदेखि शिक्षण क्षेत्रमा आफ्नो योगदान दिदै आएको छ । स्कुलमा डे केयरको पनि सुविधा भएको यस स्कुलमा ४५ जनाको संख्यामा विद्यार्थीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.