३० वर्ष टिक्ने सडक बनाउँदै सरकार

  २०७६ माघ २९ गते २०:३८     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा सडक बनेको केही समयमा नै भत्किरहेको छ । कहिले काहिँ त सडक बनाउँदा बनाउँदै पनि भत्किने गरेको छ । सरकारले दिगो विकासको लक्ष्य अनुसार थोरैमा पनि ३० वर्ष टिक्ने गरि निमार्ण गर्ने भएको छ ।

सरकारले विटुमिन प्रयोग भएको सडक चाँडै भत्किन थालेपछि कंक्रिट सडक बनाउने योजना अघि सार्ने भएको छ । धेरै लोड बोकेका गाडी गुड्दा र कालोपत्रे सडक एक झर पानीले नै क्षतविक्षत बनाउन थालेपछि सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक बनाउने योजना सरकारले अघि सारेको हो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विटुमिन प्रयोग भएको सडक बनाउँदा बनाउँदै वा बनेको केही समयमा नै भत्किने भएकोले सडकको आयुलाई हेरेर कंक्रिट सडकको योजना अघि सारेको बताए । विटुमिन प्रयोग गरेर निमार्ण गरिएको सडक कति समय टिक्छ भन्न सकिदैन तर कंक्रिट सडक थोरैमा पनि ३० वर्ष टिक्ने बताए ।

घुम्ती, उकालो, ओरालो र पानी जम्ने र चिसो भैरहने ठाँउमा कंक्रिटनै प्रयोग राम्रो हुने छ । यसभन्दा पहिले पनि सडक विभागले कालोपत्रे नखप्ने त्यस्ता सडकको पहिचान गरेर कंक्रिट सडक निर्माण गरिरहेको थियो ।

‘कंक्रिट नमूना सडक बनाएर त्यसको टिकाउ हेर्ने काम विभागले अगाडी बढाएको छ । त्यसका लागि सिमेन्टको उत्पादन क्षमता बढ्नुपर्छ भने मूल्य पनि घट्नुपर्छ’– शर्माले  भने ।

सिमेन्ट उत्पादक सघंका अध्यक्ष धुब्रकुमार थापाले विटुमिन नेपालमा उत्पादन नहुने भएकाले सिमेन्टको प्रयोग गरेर कंक्रिट सडक निमार्ण गर्दा सरकार र सिमेन्ट उद्योगी दुबैलाई फाइदा हुने बताए ।

निर्माण भएका सडकहरुको दिगोपन तथा गुणस्तर सुनिश्चित गर्न सके मात्र अपेक्षा गरे अनुसार सवै सेवाग्राहीले उचित फाईदा लिई देशको चौतर्फी विकासमा योगदान दिन सक्नेछन् । सडक निमार्ण र मर्मत शुम्भारम्भको लागी हाल प्रयोग गरिने विटुमिन लगायतका कच्चा पदार्थ विदेशवाट आयात गर्दा नेपाली पैसा विदेशी जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.