हिमालयन बैंक भन्छ- ‘तत्काल मर्जमा गईन्न, सर्वसाधारणको स्वामित्व बढाउन संस्थापकको सेयर परिवर्तन गर्छौ’

  २०७६ माघ २९ गते १९:४२     विकासन्युज

काठमाडौं । हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने भएको छ । बैंक सञ्चालक समितिले गठन गरेको मर्ज कमिटिले हालसम्म उक्त विषयमा कुनै पनि निणर्य नगरेकाले मर्जमा नजाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले बताएका हुन् ।

सीईओ राणाले बुधबार बैंकको २७औं वार्षिक साधारणसभामा मर्जरसम्बन्धि सेयरधनीहरुमा रहेकाे जिज्ञासालाई प्रष्ट पार्दै सो कुराकाे जानकारी दिएका हुन् ।

‘नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले पनि बैंक तथा वित्तीय संस्थालाई फाेर्स मर्जरमा लगिन्न, उनीहरुको स्वेच्छा हो भनेकाले हामीले अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग कुरा गरेका छैनौं,’ उनले भने ।

त्यस्तै, सर्वसाधारणको सेयर स्वामित्व बढाउन बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउन निर्देशन दिएको थियो ।

जसको लागि बैंकसँग संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने दुई विकल्प थियो । त्यसमध्ये बैंकले एफपीओ जारी नगरी १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने विकल्पलाई रोजेर अन्तिम निर्णय गरेको जानकारी गराएको छ ।

त्यस्तै, मलेसियाको म्याक्स मनिसँग कारोबार गर्दाको लेनदेन विवादमा हिमालयन बैंकको ४९ करोड रुपैयाँ फसेको थियो । जसमा ३१ करोड रुपैयाँ बैंकले पाइसकेको छ । बाँकी १८ करोडमा १६ करोड रुपैयाँ आउन बाँकी छ । जुन चैत मसान्तको क्लोजिङ् भित्र आइसक्ने सीईओ राणाले जानकारी दिए ।

बैंकको दरबारमार्गको जग्गाको बारेमा स्पष्ट पार्दै सीईओ श्रेष्ठले भने- ‘जग्गाको लागि ७ वटा टेण्डर परेको छ । त्यसको छानबिन गरेर साढे एक महिना भित्र कन्ट्रयाक गरेर भवन बनाउने काम अघि बढाउने छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.