सिटिजन्स बैंक र म्याक्स मनिबीच रेमिटेन्स सम्झौता

  २०७६ माघ २९ गते १८:३४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता भएको छ । दुई कम्पनीले मलेसिया लगायत अन्य मुलुकबाट बैंकिङ् प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि उक्त सम्झौता गरेका हुन् ।

यस सम्झौता बमोजिम अबम्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकको ८९ वटा शाखाहरुबाट सजिलै भुक्तानी पाउन सकिने छ । जसबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

हाल बैंकले ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.