आइएमई जनरलको आय ९ करोडले बढ्यो

  २०७६ माघ २९ गते १७:१८     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड रुपैयाँले बढ्न पुगेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको आय ७१ करोड ६५ लाख ८३ हजारु रुपैयाँ छ भने अघिल्लो आवमा कम्पनीको आय ६२ करोड ५६ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

खुद बीमा शुल्कः
कम्पनीको चालु आवको दोस्रो त्रैमासमा खुद बीमा शुल्क ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ छ भने अघिल्लो आवमा २६ करोड ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ । उक्त कम्पनीको ४ करोड रुपैयाँले बीमा शुल्क वृद्धि हुन पुगेको छ ।

पुर्नबीमा कमिशन आयः
पुर्नबीमा कमिशन आय चालु आवको दोस्रो त्रैमासमा ८ करोड ९ लाख ७३ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको पुर्नबीमा कमिशन आय ७ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

लगानी, कर्जा तथा अन्य आयः
लगानी, कर्जा तथा अन्य आयमा आइएमई जनरल इन्स्योरेन्सको १ करोड ९३ लाख ३८ हजार रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ६ लाख रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.