सिद्धार्थ ईन्स्योरेन्स र सिप्रद्धिबीच सम्झौता

  २०७६ माघ २९ गते १७:११     विकासन्युज

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदि ट्रेडिङ बिचमा बीमितहरुलाई नगद रहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार सिप्रदि ट्रेडिङले विक्रि गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदि ट्रेडिङ प्रा.लि.को नेपालभरीका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा बीमितहरुले बीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ ।

सम्झौता पत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रद्धि ट्रेडिङ प्रा.लि.का तर्फवाट भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए ।

यस सम्झौताबाट बीमितले झन्झट रहित र प्रभावकारी बीमा दाबीको सेवा प्राप्त गर्न सक्ने कम्पनीले विश्वास गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.