राष्ट्रिय गौरवका आयोजनाको ६ महिनामा १९ प्रतिशत खर्च

  २०७६ माघ २९ गते १६:२२     विकासन्युज

काठमाडौं । सरकारले उच्च महत्व दिएको राष्ट्रिय गौरबका आयोजनाको बजेट खर्चको अवस्था दयनीय देखिएको छ । सरकारले दिएको बजेट कम भयो भनेर गुनासो गर्ने विकास आयोजनाहरुले विनियोजित बटेज खर्च गर्न नै नसक्ने अवस्था देखिएको हो ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरबका आयोजनाहरुले १९ प्रतिशत बजेट खर्च गरेका छन् । सरकारले विभिन्न २३ आयोजनालाई राष्ट्रिय गौरबका आयोजना बनाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा राष्ट्रिय गौरबका आयोजनाहरुको १ खर्ब २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तो रकममध्ये गत पुस मसान्तसम्ममा २० अर्ब ४१ करोड अर्थात विनियोजित बजेटको १९ प्रतिशत मात्रै खर्च भएको मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.