सनराइज बैंकको ४८ औं शाखारहित बैंकिङ्ग सेवा चितवनमा

  २०७६ माघ २८ गते १९:४५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो ४८ औं शाखारहित बैंकिङ्ग सेवा खैरहनीको गवै चितवनमा विस्तार गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यले उक्त स्थनामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उप-प्रमुखसुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भयो ।

सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उप-प्रमुख सुनिता खरेल थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि धुर्वकुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ्ग सेवा संचालन भएको गरिएको कम्पनीले जनाएको छ ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ ।

हालसम्म बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि बैंकिङ्ग सेवा संचालन गर्दै जाने योजना बनाएको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.