डेल्टिन समूहले शुरु गर्यो पहिलो अन्तर्राष्ट्रिय क्यासिनो, म्यारिएट होटलबाट २५० जनाले पाए रोजगारी

  २०७६ माघ २८ गते १९:२०     विकासन्युज

काठमाडौं । डेल्टिन समूहले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनो शुरु गरेको छ । समूहले काठमाडौंको नक्सालस्थित होटल म्यारिएटबाट उक्त क्यासिनोको शुभारम्भ गरेको हो ।

एभरेष्ट हस्पिट्यालिटी एण्ड होटलसँग सम्झौता गरेसँगै कम्पनीले यो नयाँ परियोजना शुरु गरेको हो । यसमार्फत समूहले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । भिजिट नेपाल २०२० को सन्दर्भसँगै संचालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो-पर्यटनलाई अझ थप उचाईमा लैजाने विश्वास गरिएको छ । साथै, पर्यटनका अन्य पक्षहरुलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहनेछ ।

डेल्टिन समूह भारतको एक सार्वजनिक रुपमा सूचीकृत गेमिङ्ग तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो, जुन सन् २००८ देखि विस्तार हुँदै आइरहेको छ ।

क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ्ग अनुभूति, आतिथ्यता र मनोरन्जनको स्तरमाअभिवृद्धि गर्ने उद्देश्य लिएको छ । क्यासिनोले हाल २५० जना स्थानीयहरुलाई रोजगारी प्रदान गरेको छ । यी कर्मचारीहरुबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता स्वरुप उनीहरुलाई ६ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको थियो ।

यो क्यासिनो संचालनमा आउनाले विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) मा योगदान पुग्नुका साथसाथै नेपाली अर्थतन्त्रको विकास गर्न र खुला नेपाली बजारमा मनोरन्जन व्यवसायका नयाँ सम्भावनाहरुको खोजी गर्न पनि मद्दत पुगेको कम्पनीले जनाएको छ ।

क्यासिनो शुभारम्भको अवसरमा डेल्टिन समूहका अध्यक्ष तथा सीईओ अनिल मलानीले भने,- “हामी विश्वास गर्दछौं कि नैतिकता र अनुपालनहाम्रो व्यवसायको एक अभिन्न हिस्सा हो र यसैले हामी म्यारिएट होटलका संचालक एभरेष्ट हस्पिट्यालिटी एण्ड होटल प्रा.लि. सँग हातेमालो गर्न पाउँदा हर्षित भएका छौं । हामी दुवै कम्पनीहरु उही समान मूल्य र मान्यताका साथ सेवा व्यवसायमा उत्कृष्टता र व्यावसायिकता प्रदान गर्न कटिबद्ध छौं । हाम्रो समान अवधारणा र मूल्य मान्यताको कारण नेपालमा हाम्रो व्यवसाय सुरक्षित पक्षसँग रहेको पुष्टि गर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.