तीन दिने बिल्डकन एक्स्पो सम्पन्न, बुकिङ्ग गर्ने ग्राहकलाई दुई वर्षसम्म विशेष छुट

  २०७६ माघ २८ गते १८:१९     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित तीन दिने छैटौं ‘बिल्डकन इन्टरनेशनल एक्स्पो २०२०’ सम्पन्न भएको छ । भारतको कम्पनी महिन्द्रा एण्ड महिन्द्राद्वारा उत्पादित निर्माण उपकरणहरुको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्सले “आम्दानी जती तपाईको, खर्च जती हाम्रो” नाराका साथ उक्त प्रर्दशनी आयोजना गरी सम्पन्न गरेको हो ।

महिन्द्राले आफ्ना उत्पादनहरु मोटर ग्रेडर(जी-९०), ब्याकहोई लोडर(भीएक्स-९०) र ब्लाजो-२५ ट्रिपर प्रर्दशनीमा राखेको थियो । साथै, उक्त उत्पादनहरुमा विभिन्न स्किमहरु ल्याएको कम्पनीले ग्राहकहरुलाई जानकारी गराएको छ ।

प्रर्दशनीमा राखिएका विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदी सामाग्रीहरु कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रबिधि, उच्च माईलेज र बेजोड कार्य क्षमताको विषेशता रहेको कम्पनीका निमार्ण उपकरणका प्रमुख तारा थापाले जानकारी दिए ।

साथै, कम्पनीले एसी क्याबिन तथा नन एसी क्याबिनमा ग्राहकहरुको छनौटको आधारमा ब्याकहोई लोडर उपलब्ध गराउँदै आएको छ । जसले बजारमा रहेका अन्य मेसिनभन्दा कम ईन्धन खपत गर्दै शीघ्र तथा उच्च कार्य संपादन गर्न सक्ने ई मेसिनहरु २ वर्ष अनलिमिटेड हायोर वारेन्टीको सुविधा रहेको उनले बताए ।

आफ्ना उत्पादनहरु ग्राहकहरुमा बिक्री वितरणकाे लागि कम्पनीले स्पोर्ट फाईनान्सको व्यवस्था गर्दै आएको छ । साथै, उक्त एक्स्पोमा बुकिङ्/डेलिभरी लिएका ग्राहकलाई एक लाख रुपैयाँ नगद छुट, दुई वर्षसम्म सम्पूर्ण सर्भिस म्याटेरियल फ्रि अफ कष्टमा उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.