फिलिपिन्सको निर्यात ७० अर्ब डलर, अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशत बढी

  २०७६ माघ २८ गते १७:२५     विकासन्युज

मनिला । फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ । व्यापार मन्त्रालयका सचिव रामोन लोपेजले अघिल्लो वर्ष फिलिपिन्सको निर्यात व्यापार ६९ अर्ब ३० करोड डलर रहेको बताए ।

विश्वव्यापी रुपमा व्यापारमा आएको अनिश्चितताका बीच पनि मुलुकको अर्थतन्त्र सही मार्गमा रहेको लोपेजले बताए । अनिश्चितताका बाबजूद निर्यात व्यापारमा १.५ प्रतिशतले वृद्धि हुनु निकै सकारात्मक रहेको बताउँदै सचिव लोपेजले पूर्वी एसियाली मुलुकहरुमध्ये भियतनाम पछि फिलिपिन्सले सर्वोत्कृष्ट प्रदर्शन गरेको जानकारी दिए ।

हाम्रो लक्ष्य नै उत्पादन क्षमता र निर्यातजन्य वस्तुको उत्पादन बढाउनु तथा साझेदार मुलुकहरुसँगको व्यापार सम्बन्धलाई अझ परिस्कृत गर्नु हो, लोपेजले भने ।

पहिलो पटक, फिलिपिन्सको विद्युतीय सामग्रीको निर्यात ४० अर्ब डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा यो ४.४ प्रतिशतले बढी हो । यस क्षेत्रले कूल निर्यातको करिब ५७ प्रतिशत हिस्सा ओगटेको सचिव लोपेजले जानकारी दिएका छन् । गैर विद्युतीय सामग्रीको निर्यात भने करिब ३० अर्ब ३० करोड अमेरिकी डलर बराबरको भएको छ ।

फिलिपिन्सको आयात भने सन् २०१९ मा ४.८ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब ४० करोड डलर भएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.