मालपोत कार्यालय लहानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

  २०७६ माघ २८ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल बैंकले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत(सीईओ) होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

एक्सटेन्स काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए । खड्काले प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाई सेवा दिईरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने बताए । उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुने गरी काउन्टर खोलि दिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए । सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुखप्रतिभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन् ।

हाल नेपाल बैंकले १ सय ७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र १ सय १६ एटिएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटीएमको संख्या १४९ पुर्याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा २ सय शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.