नेपाल लाइफ इन्स्योरेन्सको आय ४ अर्बले वृद्धि

  २०७६ माघ २८ गते १३:००     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आय १९ अर्ब १२ लाख ९९ करोड रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा आय १५ अर्ब १२ करोड ८ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

खुद बीमाशुल्कः

नेपाल लाइफको खुद बीमाशुल्क चालु आवको दोस्रो त्रैमासमा १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ छ । यस्तै, अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क १० अर्ब ४७ करोड ५४ हजार रुपैयाँ रहेको थियो । उक्त रकम ३ अर्ब ४३ करोड ५६ लाख रुपैयाँले बढ्न पुगेको हो ।

पुनर्बीमा कमिशन आयमाः

पुनर्बीमा कमिशन आयमा नेपाल लाइफको चालु आवको दोस्रो त्रैमासमा २ करोड ७९ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

लगानी, कर्जा तथा अन्य आयः

लगानी, कर्जा तथा अन्य आयबाट नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको थियो भने गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.