विश्वका शक्तिशाली कम्पनीहरूमा काेराेना संकट; फोर्ड, निसान र टेल्साकाे उत्पादन बन्द, आइफोन तनावमा

  २०७६ माघ २८ गते १२:५१     विकासन्युज

काठमाडाैं । अग्रेजी नयाँ वर्षको सुरुवातसँगै उत्पन्न कोरोना भाइरसको प्रकोपले विश्व बजारमा साम्राज्य खडा गरेका ठूला कम्पनीहरू अार्थिक संकटमा परेका छन् । यसमा खानासम्बन्धी उद्योगदेखि फेसन, मनोरञ्जन र प्रविधि अाधारित उद्याेगहरू पनि पर्छन् ।

दक्ष कामदार तथा चुस्त उत्पादन केन्द्र, बढ्दो सम्पन्न एवं नव धनाढ्य चिनिँया जनताको संख्यामा आएको बृद्धि तथा तिब्र गतिमा बिस्तार भइरहेको, विश्वकै ठूलाे अर्थतन्त्र कारण चीनमा विश्वका ठूला ब्राण्डका शाखाहरू छन् । विश्वका ठूला ब्राण्डहरू कुनै न कुनै रूपमा चीनमा निर्भर रहेका छन् ।

तर अहिले विश्वभरी नै द्रुतरुपमा फैलिरहेको कोरोना संक्रमणको कारण यि कम्पनीका प्रतिनिधिहरु मेनल्याण्ड चीनतर्फको व्यवसायिक यात्रालाई रद्द गर्नमात्र नभइ विभिन्न चिनिँया शहरहरुमा रहेका स्टोर, शाखा, कार्यालय, ब्यवसाय तथा कारखानाहरुलाई अस्थाइरुपमा बन्द गर्न समेत बाध्य भएका छन् ।

यसका साथै चीनमा अवस्थित उत्पादन केन्द्र (कारखाना) मा आएको अवरोधको फलस्वरुप गाडी, मोबाइल फोन एवं भिडियो गेम लगायतका उत्पादनहरुको विभिन्न आवश्यक पाटपूर्जाहरु जुटाउन नसक्दा उनीहरुको विश्वभरीको आपूर्ती संजालमै ब्यवधान खडा भएको छ ।

कारोना भाइरस प्रकोपका कारण पर्न गएको पूर्ण आर्थिक क्षतिलाई अहिले नै बिस्तृतरुपमा मूल्यांकन गर्न कठिन छ किनकी चीनमा बन्द भएका ब्यवसायहरु कहिलेबाट सूचारु हुन्छन् वा कारोना भाइरसले विश्वका अन्य भागहरुमा पनि समान आर्थिक प्रभावको श्रृजना गर्छ कि गर्दैन भन्नेबारे तत्कालै केहि भन्न सकिँदैन ।

तर, पछिल्ला केहि दिनयता संसारका विभिन्न ठूला कम्पनीहरुले विभिन्न तहको किटानीका साथ भारइरसका कारण उनीहरुको ब्यापार वा कारोबारमा कस्तो असर परिरहेको छ भनेर खुलासा गर्न थालिसकेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार कोरोना भाइरसले उसको ब्यापारमा पारेको असरबारे डिस्नेले सबैभन्दा बिस्तृतमध्येको एउटा मूल्यांकन सार्वजनिक गरेको छ ।

यस कम्पनीले सांङ्घाई र हङकङमा रहेको मनोरञ्जन पार्कलाई एक हप्ताभन्दा बढी समयदेखि बन्द गरिरहेको छ जसको कारण दोश्रो त्रैमासिकमा कम्पनीको कुल आयमा १७ करोेड ५० लाख अमेरिकी डलर बराबरको कमी आउने डिस्नेको प्रमुख बित्त अधिकृत क्रिष्टिन म्याकार्थीले जानकारी दिएकी छिन् ।

यसैगरी क्यानाडाको चलचित्र कम्पनी आइम्याक्सले चीनमा नयाँ वर्षको उपलक्ष्यमा त्यहाँ प्रदर्शनीका लागि तयार गरेको पाँचवटा चलचित्रलाई हालका लागि स्थगित गरेको छ ।

यसै साता चिनिँया शहर मकाउमा रहेको ४१ वटा क्यासिनो दुई हप्ताका लागि बन्द भएका छन् । यस कदमले सो क्षेत्रमा रहेका अमेरिकी क्यासिनोलाई नराम्रोसँग असर गर्नेछ ।

फोब्सकाे एक रिपोर्टलाई आधार मान्ने हो भने संसारका विभिन्न देशहरुमा विशिष्ट एवं महंगा होटल तथा क्यासिनो संचालन गर्ने व्नि रिजोर्टले मकाउमा क्यासिनो बन्द भएको कारण प्रति दिन २६ लाख अमेरिकी डलर बराबरको नोक्सानी बेहोरिरहेको छ ।

जापानमा भिडियो गेम तथा अन्य गेमिङ यन्त्र उत्पादन गर्ने कम्पनी निनटेन्डोले उसका उत्पादनहरुको सिपमेन्टमा ढिलाइ हुने बताएको छ ।

प्रविधिमा पनि असर

प्रसिद्ध मोबाइल उत्पादक एप्पलका प्रमुख टिम कुकले चीनतर्फको यात्रामा लागेको बन्देज तथा त्यहाँस्थित कम्पनीको मोबाइलको पाटपुर्जा उत्पादन केन्द्र बन्द रहेको कारण आइफोनको आपूर्ती चक्रमा अवरोध आउने बताएका छन् । यस अवरोधका कारण कम्पनीको कमाइ वा नाफामा कस्तो असर पर्छ भन्ने बारे एप्पलले खुलाइसकेको छैन । विश्वब्यापीरुपमा चर्चित आइफोनको चीनमा राम्रो माग रहेको छ भने एप्पलले विभिन्न उत्पादनहरुको एसेम्बल पनि यहि राष्ट्रमा गर्दछ ।

स्मार्ट फोनका लागि चिपको उत्पादन गर्ने क्वालकमले पनि ब्यापारमा अप्ठेरो परिस्थितिको सामना गरिरहेको छ । स्मार्टफोनको उत्पादन तथा बिक्रीका लागि हबको रुपमा स्थापित चीनबाट मात्रै गत वर्ष क्वालकमले कुल आम्दानीको लगभग आधाजसो आम्दानी गरेको थियो ।

क्वालकमका प्रमुख बित्त अधिकृत आकाश पल्खीवालाले लगानीकर्ताहरुलाई अघिल्लो साता भाइरस प्रकोपको अनिश्चितताका कारण आउने तीन महिनासम्म कम्पनीको आम्दानीमा कमी आउने बताइसकेका छन् ।

अटोमोबाइल
चीनमा उत्पादन प्लान्ट राखेका टेल्सा, फोर्ड र निसानलगायत अन्य अटोमोबाइल कम्पनीहरुले उत्पादनको सम्पूर्ण कामलाई बन्द गरेका छन् ।

अर्कातर्फ संसारको पाँचौैैं ठूलो कार निर्माता हुण्डाइले चीनिँया अटो पाटपूर्जामा अभाव देखिएको कारण उसको दक्षिण कोरियास्थित उत्पादन केन्द्रबाट हुने चारपाँग्रे सवारीसाधनको उत्पादनलाई अस्थायी रुपमा रोकेको छ ।

भक्सवागनले गत शनिबार मात्रै कोरोना भाइरसको कारण उसको आपूर्ती चक्र र उत्पादन कर्मचारीहरुको स्वतन्त्र यात्रा गतिविधीमा अवरोध आएको जनाइसकेको छ ।

रोयटर्सले फियाट कार कम्पनीले कोरोना प्रकोपका कारण यूरोपस्थित उसको एक उत्पादन केन्द्रबाट हुने गाडीको उत्पादनलाई आउने केहि सातासम्मका लागि रोकेको छ ।

यात्रा
पछिल्ला केहि सातायता डेल्टा, यूनाइटेड र अमेरिकन लगायत विश्वका केहि प्रमुख हवाइ कम्पनीहरुले चीनतर्फको हवाइ सेवालाई स्थगित गरेका छन् । तर सेवामा रोक लगाएका कारण उनीहरुको नाफामा कस्तो असर पर्छ भन्नेबारे खुलेर जानकारी दिइएको छैन ।

हेलाने बेकर नामक हवाइ ब्यापार विश्लेषकले यूनाटेडको कुल कमाइमध्ये चार प्रतिशत कमाइ चीनबाट आउने तथा डेल्टा र अमेरिकन एअरलाइन्सको जम्मा कमाइमा चीनको योगदान क्रमश तीन र दुई प्रतिशत रहने गरेको टिप्पणी गरेको छ ।

यसैगरी चीन र अमेरिकाबीच ठूलो संख्यामा यात्रुको ओसारपसार गर्ने एयर चाइनाले अमेरिकातर्फको हवाइ सेवालाई अधिक मात्रामा कम गरेको छ  भने हङकङको क्याथे प्यासिफिकले मेनल्याण्ड चीनतर्फको हवाइ यात्रालाई ९० प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ ।

खानासम्बन्धी उद्योग

चीनमा मात्रै ३३ सय शाखा रेष्टुँरा रहेको म्याक डोनाल्डस्ले यहाँका सयौं शाखाहरु बन्द गरेको छ । तथापी, भाइरसलाई थप फैलनबाट रोक्ने हो भने सो बन्दबाट कम्पनीको समग्र मुनाफामा पर्ने असर कम हुने प्रमुख कार्यकारी क्रिस केम्पेनजिन्स्कीले बताएका छन् ।

अर्कातर्फ चीनभित्र ४३ सय शाखा बिस्तार गरेको स्टारबक्सले आधाभन्दा धेरै शाखाबाट हुने ब्यापारलाई रोकेको छ । भने कम्पनीले सन् २०२० का लागि सार्वजनिक गर्न लागेको आर्थिक प्रक्षेपणलाई पनि हालका लागि स्थगित गरेको छ ।

यसैगरी चीनमा केएफसी र पिज्जा हटको फ्रेन्चाइजी संचालन गर्ने याम ब्राण्डले चीनभित्रको उसको एक तिहाइ स्टोर बन्द गरेको तथा खुल्ला स्टोरको ब्यापारमा पनि भारी गिरावट आएको जानकारी दिएको छ ।

डेनिस बियर कम्पनी काल्सबर्गले चीनबाट फैलिएको कोरोना भाइरसको कारण थप अस्थीर व्यसायिक वातावरणको सामना गर्नुपरेको प्रतिक्रिया दिएको छ ।

कपडा
प्रसिद्ध विश्वब्यापी ब्राण्ड नाइकले चीनमा उसको आधाभन्दा धेरै स्टोर बन्द गरेको छ भने खुल्ला रहेका स्टोरहरुको पनि संंचालन समय घटाएको छ ।

क्यानडा गुज होल्डिङ्सले कोरोना भाइरहेको प्रभाव बृहत भएको बताएको छ भने कम्पनीले यस वर्षको मुनाफाको प्रक्षेपणलाई पनि कम गरेको छ । होल्डिङ्सका अनुसार उसको चीनिँया ग्राहकहरुको संख्यामा उल्लेखनिय कमी आएको छ भने उत्तर अमेरिका तथा यूरोपजस्ता किनबेचको गन्तब्यमा पनि असर देखिएको छ ।

अमेरिकी लग्जरी फेसन कम्पनी ट्यापेस्ट्रिले कोरोना भाइरसको कारण उसको यस वर्षको पछिल्लो छ महिनाको बिक्री करिब २५ करोड अमेरिकी डलरले कम हुने अनुमान गरेको छ । (समाचार एजेन्सीहरूकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.