जीवन बीमामा बोनस भनेको के हो ? याे रकम कसरी गणना गरिन्छ ?

  २०७६ माघ २८ गते ११:३०     विकासन्युज

१. जीवन बीमामा बोनस भनेको के हो ?

जीवन बीमा अवधि समाप्तिमा वा कुनै कारणबस बीमा अवधि भित्र बीमितको मृ्त्यु भएमा बीमाङ्कमा थप गरी दिइने रकमलाई बोनस भनिन्छ ।

२. कम्पनीले कसरी बोनसदर घोषणा गर्दछ ?

जीवन बीमाका बीमितहरुले भुक्तानी गरेको सम्पृ्र्ण बीमाशुल्क र उक्त बीमाशुल्क प्राप्त गर्न लागेको खर्च कट्टा गरी जीवन बीमा कोषमा जम्मा गरिन्छ । उक्त कोषमा भएको रकमहरु बीमा समितिबाट स्वीकृत प्राप्त क्षेत्रहरु जस्तैः कृषि, पर्यटन, जलस्रोत, सरकारी ऋणपत्र, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा, डिबेञ्चर, ट्रेजरी बिल, बैंक तथा वित्तीय संस्थाको सामूहिक लगानी कोष, म्युचुअल फण्ड, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, घरजग्गा व्यवसाय, तथा अन्य स्वीकृत प्राप्त क्षेत्रमा लगानी गरिन्छ ।

यसरी जीवन बीमा कोषमा जम्मा भएको रकम र लगानीको प्रतिफलहरु समेतबाट कम्पनी बीमितहरुको मृत्युदावी, समर्पण तथा कम्पनीको आवश्यक खर्चहरु कट्टा गरी आएको रकमहरु मध्येबाट चालृ् प्रतिफल तथा खर्च, भविष्यमा प्राप्त हुने प्रतिफल दावी तथा खर्चलाई मध्यनजर गरी बीमाको विज्ञ (बीमाङ्की) द्धारा बीमाङ्कीय मृ्ल्याङ्कन गरी निकालिएको दरलाई बीमा क्षेत्रको नियमन गर्ने निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भए पश्चात घोषणा गरी लागू गर्ने गरिन्छ । यसरी घोषणा गरिएको बोनस जुन आर्थिक वर्षको हिसाबबाट गणना गरिएको हुन्छ सोहि वर्षको लागी लागू हुन्छ । तसर्थ प्रत्येक आवको बोनस फरक फरक हुन सक्दछ । घोषणा नगरिएको आर्थिक वर्षका लागी अघिल्लो घोषणा गरिएको बोनस दर लागु हुन्छ जसलाई अन्तरिम बोनसदर भनिन्छ ।

३. बोनस रकम कसरी गणना गरिन्छ ?

बोनस दर सामान्यतः प्रतिवर्ष प्रतिहजार बीमाङ्क उल्लेख गरिन्छ । जस्तै, ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार भन्नाले १० लाख बीमाङ्कमा ७२ रुपैयाँले गुणान गरी र त्यसलाई एक हजारले भाग गर्दा हुन आउने ७२ हजार रुपैयाँ प्रत्येक वर्षका दरले थप रकम प्राप्त हुन्छ । यसलाई विस्तारित रुपमा उदाहरण सहित यसरी बुझ्न सकिन्छ ।

कुनै व्यक्तिले १० लाख रुपैयाँको नाफामा सरिक हुने जीवन बीमा गरेको रहेछ, जसको बीमा अवधि २१ वर्ष रहेछ र बीमा कम्पनीले २१ वर्षसम्म एकनास बोनसदर ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार घोषणा गरेको रहेछ भने बीमा अवधि पश्चात बीमितले निम्नानुसार रकम प्राप्त गर्दछ ।

यदि उपरोक्त उदाहरणमाः कथंकदाचित बीमितको बीमा चालु भएको ५ वर्षमा मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा इच्छाएको व्यक्ति नभएमा बीमितको नजिकको हकदारले निम्नानुसार रकम प्राप्त गर्दछन् ।

४. के बढी बोनसदरले कम्पनीको उच्च कार्यदक्षता प्रतिबिम्ब गर्दछ ?

बोनस कम्पनीको आम्दानीबाट खर्च कट्टा गरी आएको बचतबाट गणना गरी निकालिने छ । त्यसैले धेरै बोनस आउन धेरै आम्दानी हुनुपर्ने र कम खर्च गर्नुपर्ने हुन्छ र बीमितहरुबाट प्राप्त बीमाशुल्कलाई मितव्ययी ढंगले सञ्चालन गरी नाफा उच्च देखाउनुले बोनसमा सकारात्मक असर पार्दछ । तसर्थ धेरै बोनस हुनुले कम्पनीको उच्च वित्तीय एवम् व्यवस्थापकीय कार्यदक्षता प्रतिबिम्ब गर्दछ ।

५. धेरै बोनसदर भएमा बीमालेख समर्पण गर्दा वा बीमालेख कर्जा लिँदा कसरी बढी रकम प्राप्त हुन्छ ?

यदि कसैले बीमाङ्क १० लाख रुपैयाँको १५ वर्षको जीवन बीमा गरेको छ र लगातार ५ वर्षको पुरा बीमाशुल्क भुक्तान गरी ५ वर्ष पश्चात बीमितले कर्जा लिँदा पाउने रकम र समर्पण गर्दा पाउने रकम, उक्त अवधिको कम्पनीको घोषित बोनस दर ६२ रुपैयाँ (प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा) रहेछ भने निम्नानुसार हुन्छ ।

६. के बोनसदर कम भएमा बीमा अवधि समाप्तिमा वा मृत्यु दावी रकम प्राप्त गर्दा कम रकम प्राप्त हुन्छ ?

जीवन बीमा चालु रहेको अवधिलाई कम्पनीको घोषित बोनस दरले गुणन गरी कुल बोनस रकम प्राप्त हुदा बोनस दर कम भएमा बीमा अवधि समाप्तिमा वा मृत्यु दावी रकम प्राप्त गर्दा कम रकम प्राप्त हुन्छ ।

नोटः– जीवन बीमाको मुख्य उद्देश्य लगानी र उच्चतम प्रतिफलका लागी नभई आर्थिक जोखिम हस्तान्तरणको लागी भएकोले बोनस लगायतका प्राथमिकता जीवन बीमामा दोस्रो उद्देश्य भएकोले बोनसका लागी होइन जोखिम न्युनीकरणका साथै आफु र आफ्नो परिवारको बाँकी जीवनको निरन्तरता र आर्थिक सुरक्षाका लागी सम्पुर्ण नेपाली नागरिकले जीवन बीमा गरौं । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.