सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग

  २०७६ माघ २७ गते १८:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंक ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सो मात्राको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंकले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा हर्षित भएको विचार व्यक्त गरेका छन् ।

बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए । उनले ग्लोबल आइएमई बैंक, क्याम्पसलाई भवन निर्माणका लागी आर्थिक सहयोग प्रदान गर्ने निजी क्षेत्रको प्रथम संस्था भएको समेत जानकारी गरेका छन् ।

बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.