महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम, सीईओसहित ४० जनाले गरे रक्तदान

  २०७६ माघ २७ गते १८:५७     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनीको पहिलो वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । रक्तदान कार्यक्रममा कम्पनीका सीईओ रमेश कुमार भट्टराईसहित ४० जनाले रक्तदान गरेकाे इस्योरेन्सले बताएकाे छ।

रक्तदानको सुरुवात महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए ।

महालक्ष्मी लाइफले अभिकर्ता पप्पु गोत्तामेलाई सम्मान पत्र प्रदान गरेको छ । अभिकर्ता गोत्तामेले पहिलो वर्ष मै महालक्ष्मी लाइफमा ५० लाख रुपैयाँ भन्दा माथिको व्यवसाय भित्र्याउन सफल भएकाले उनलाई सम्मानित गरेको इन्सोरेन्सले बताएको छ ।

उनलाई मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अवार्ड प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा रहेको अभिकर्ताहरुको क्लबको रुपमा एमडीआरटीलाई बुझ्न सकिन्छ । बीमा व्यवसायमा ५० लाख रुपैयाँ भन्दा बढीको व्यवसाय भित्र्याउने अभिकर्ता मात्र एमडीआरटीको सदस्य हुन पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.