अब कुनै आयोजना शून्यमा रहन सक्दैन: मन्त्री नेम्बाङ्ग

  २०७६ माघ २७ गते १८:४०     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताएका छन् । सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत सम्ंभार सम्बन्धी वार्षिक समिक्षा एवंम प्रगति गोष्ठिलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भीर बनाएको हुन सक्छ, हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ, सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ,’ उनले भने ।

राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उनको भनाइ छ । रणनीतिक सडकहरुको मर्मत सम्ंभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उनले बताए ।

मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भिर रुपमा नियाली रहेकाले सडकको निर्माण, मर्मत संभारसंग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गरे ।

उनले सडक मर्मत सम्ंभार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गरे । उनले जिम्मेवार तहमा रहेकाले आत्मसमिक्षा गर्नु पर्ने बताउँदै उनले यसको आत्मसमिक्षा गर्न जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.