किङ्स–वे किनमेलः ब्राण्डेड कपडा र जुत्तामा ५० प्रतिशतसम्म छुट

  २०७६ माघ २७ गते १६:२४     विकासन्युज

काठमाडौं । गर्मियाम सुरु भएसँगै बजारका विभिन्न समानहरुमा छुटसहितको व्यापार हुन थालेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै व्यापारीले विभिन्न सामानहरुमा छुटको व्यवस्था गरेका छन् ।

विशेष गरेर दरबारमार्गमा गर्मी मौसमा आवश्यक पर्ने सामानहरुमा भारी छुटको व्यवस्था गरिएको छ ।

व्यपारीहरुले ग्राहकलाई विभिन्न लुगा–कपडा, जुतालगायतका सामनमा ५० प्रतिशतको छुटसहित व्यापार गर्न थालेका छन् ।

एडिडास, पुमा, रिबक, फिला, न्यु ब्यालेन्स जस्ता विश्वका ब्राण्डेड कम्पनीको सामानहरुमा ५० प्रतिशतसम्मको छुट छ ।

दरबारमार्गको एडिडासले लुगा र जुत्तामा २० देखि ५० प्रतिशतको छुटको व्यवस्था गरेको छ । ब्यागहरुमा भने कुनै पनि प्रकारको छुट रहेको छैन ।

जर्मनीमा स्थापना गरिएको एडिडसा एक बहुराष्ट्रिय कम्पनी हो । यो विशेष गरेर जुत्ता र स्पोर्टस वेयरको लागि प्रचलित छ । नेपालमा दरबारमार्ग, सिभिल मल, जावलाखेल, बानेश्वर र पुतलीसडकमा यसको विक्री केन्द्र छ ।

पुतलीसडकमा यसको फ्याक्ट्री आउटलेट छ । उक्त आउटलेटमा अझैँ बढी छुटको व्यवस्था गरेको बताइएको छ ।

हङकङ ब्राण्ड मिटरर्स बोनवेले पनि जाडोे मौसमका कपडामा १० देखि ५० प्रतिशतसम्म छुट राखेको छ ।

नेपालमा यसको डाईरेक्ट आउटलेट छ । जाडो मौसमाका कपडाहरु प्याक गरेर राख्ने हुनाले पनि छुट दिएर बेच्ने गरेका स्टोर प्रबन्धक रौनक शर्मा बताउँछन् । पुरानो स्टकहरु र एक पीस मात्र बाँकी सामानमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था रहेको उनले बताए ।

यस ब्राण्डको डाउन ज्याकेट सबैभन्दा बढि चर्चित छ । डाउन ज्याकेटको मूल्य छुट बिना ७ हजार माथिको रहेको छ । यस्तै, स्विटरको मूल्य छुटपछि २१ सय माथि रहेको छ ।

यस बाहेक स्टोरमा जुत्ता, पाईन्टमा पनि छुटको व्यवस्था छ । मिटरर्स बोनवेका संसारभर ५ हजारभन्दा बढी स्टोरहरु छन् । नेपालमा भने सिभिल मल र सिटी सेन्टरमा यसको विक्री केन्द्र छन् ।

यस्तै, जर्मनीको ब्राण्ड पुमाले पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यसको पनि नेपालमा डाईरेक्ट आउटलेट छ । यस्तै, भ्यानहुसेन, बोसिनी, रिबक, पुलिस, फिला, न्यु ब्यालेन्समा पनि छुटको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.