डिपिएस स्कुलमा स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम सम्पन्न

  २०७६ माघ २७ गते १५:१२     विकासन्युज

काठमाडौं । कुलेश्वरस्थित डिपिएस स्कुलमा स्वास्थ तथा पोषण सम्बन्धि कार्यक्रक्रम सम्पन्न भएको छ । कीर्तिपुर अस्पतालमा कार्यरत पोषण विज्ञ मिरा शाहले पोषणको महत्व, स्वस्थ रहने तरिका, रोगबाट बच्न सकिने र स्वस्थ खानेकुराको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा अभिभावकसँग अन्तरक्रिया गर्नुका साथै विद्यार्थीको समेत क्यूज मार्फत खानेकुराको उपयोगिताको बारेमा जानकारी प्रस्तुत गरिएको थियो । अहिलेको परिवेशमा बाहिरको खानेकुरा , जन्कफुड, प्याकेटको खानेकुरा नखान, घरमा पकाएको पोषिलो खाना मात्रै राम्रो हुने बुझाएकी छन्।

अहिलेका व्यस्त जीवनशैली , घर भित्रै बस्नु पर्ने, मोबाइल ल्याप्टोप, टयाब,टिभि, आदिको प्रयोगले बालबालिकाको शारिरीक तथा मानसिक विकासमा नराम्रो असर पारेको , तथा आफ्नो संस्कार पनि बिर्सन थालेको समेत बताइन्।

जति व्यस्त भएपनि आफ्नो सन्तान , परिवारका सदस्यसँगै खाना खानु पर्ने, अहिले आफ्ना सन्तान, परिवारलाई समय दिएन भने भविष्यमा उनीहरूसँग आस गर्नु उचित होइन भन्ने कुरामा पनि छलफल भएको थियो ।

सुक्ष्म पोषक तत्वको कमीबाट कसरी दैनिक खानेकुरामा ध्यान दिने, मोटोपना, थाइरोइड, मधुमेह , उच्च रक्तचाप ,भिन्न रोगहरु कसरी नियन्त्रण गर्ने, योगा अभ्यास आदिको बारेमा शाहले बताइन् ।

खानपानबाट नै कसरी स्वस्थ , निरोगी , लामो आयू बाँच्ने समेत जानकारी मूलक प्रस्तुती देखाएको थियो। रोग भएर उपचारको प्रतिक्षा गर्नुभन्दा बरु पहिला नै निरोगी रह्ने उपाय गर्नु जाति भने ।

खानेकुरा नखाएर होइन, नजानेर हामी बिरामी भएका हौं।
उमेर समूह, क्रियाकलाप , काम गर्ने तरिका, रोगी वा निरोगी कस्ता व्यक्ति हो सोहीअनुसारको आहार तालिका दिनु पर्ने बताए। मधुमेह , उच्च रक्तचाप , दम, आदि बिरामीको लागि भिन्न खालको आहार तालिका दिनुपार्ने समेत कार्यक्रमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.