नोबेल पुरस्कारबाट प्रभावित डिट्क्स मेसिन, मुटुरोग देखि क्यान्सरको ट्युमरसम्म चैट

  २०७६ माघ २६ गते १७:४७     डोमी शेर्पा

काठमाडौं । पछिल्लो समय डिटक्स मेसिन सरसफाईका लागि प्रभावकारी बन्दै गएकाे छ । शरीरको सरसफाईका लागि  लाभदायक मानिएको यो मेसिनका प्रयाेगकर्ता बढेसँगै यसकाे प्रभाव पनि बढ्दै गएकाे हाे । तर, नेपालमा भने स्वास्थ्यप्रति सजक रहने कमै मानिसमा मात्र यसको ज्ञान छ ।

यसकाे प्रयाेगले शरिरमा स्फुर्ति महसुुस हुने यसका विशेषज्ञहरु बताउँछन् । यद्यपी यो उपचार विधी भन्दा पनि शरीरको फोहोर सरसफाई तथा रोकथाम गर्ने मेसिन हो । जुन सामान्य अवस्थामा पनि प्रयोग गर्न सकिन्छ ।

वैद्य लिलानन्द अछामीले धेरै विधीबाट डिटक्स गर्न सकिने बताए । मानसिले खाएर, आयुर्वेदमा पन्च कर्म गरेर, योगमा सत्कर्मबाट, प्राकृतिक चिकित्साबाट पनि डिट्क्सिङ गर्न सकिने उनले बताए ।

मानिसहरु धेरै व्यस्त रहने भएकोले यस्ता डिट्क्सिङहरुलाई त्यति ध्यान दिन पाईरहेका हुँदैनन् । तिनै व्यस्त मानिसहरुको लागि डिट्क्स मेसिन आवश्यक हुने उनले बताए ।

के हो डिट्क्स मेसिन ?

डिट्क्स मेसिनको सहयोगले सफा पानीमा आधा घण्टा खुट्टा राखेर शरीरका फोहोरहरु फाल्न सकिन्छ ।
यो मेसिन सन् २००३ मा नोबल पुरस्कार पाएका वैज्ञानिक पिटर अगे्र र रोड्रिक म्याकिननको आविस्कारबाट प्रभावित भएर बनाइएको हो ।

यो विधि ईलेक्ट्रोलाइसिसको १२ भोल्टको करेन्ट पानीको माध्यमबाट शरीरमा पठाइसकेपछि त्यसले शरीरमा भएका विषादीहरुलाई पगालेर निकाल्न सक्ने सिस्टम हो । जसलाई आयोनाइजेसन भनिन्छ । डिटक्सिङ मेसिनको प्रयोग गर्दा ईलेक्ट्रोलाइसिस विधिबाट शरीरको कुनै पनि भागमा जम्मा भएको विषादीहरु जस्तै किड्नीमा जम्मा भएको ट्युमर, स्टोनहरु सबै बाहिर आउँछन् ।

यो समयमा शरीरमा जति पनि एसिडहरु हुन्छन्, त्यसले विषादीहरु जाम गर्ने गर्छन भने अल्कालाइनहरुले यसलाई खोल्ने काम गर्दछ । जस्तै हाम्रो शरीरमा जति पनि अल्कालीहरु हुन्छन्, त्यति नै हाम्रो शरीरमा एक प्रकारको फे्रसनेस महसुुस हुन्छ ।  खुट्टाबाट निस्किएका फोहोरहरु विभिन्न रंगका हुन्छन् ।

जसरी बिरुवाहरुको छेउछाउको झारपात हटाएपछि त्यो सप्रेर आउँछ त्यसरी नै हाम्रो अंगहरु कमजोर भएको,किड्नी फेल भएको वा क्यान्सर लागेको भए पनि सबै विस्तारै डिट्क्सिङको माध्यमबाट निको हुने करिब १४ वर्ष देखि यस क्षेत्रमा लागेका साधु लिलानन्द बताउँछन् ।

डिट्क्स मेसिनसँग लिलानन्दको १४ वर्ष लामो यात्रा

वि‍.स २०३८ सालमा नुवाकोटको तारुकामा जन्मिएका लिलानन्दका बुवा मुराली अछामी पनि वैद्य हुन् । त्यसैले पनि उनी  सानैदेखि आयुवेर्दको कुरामा खुब चाँसो दिन्थे । उनलाई सबैभन्दा पहिला कृषि क्षेत्रमा जम्छु भनेर त्यसमा लागे तर, त्यसमा उनी खासै जम्न सकेनन् ।

फेरी उनले राजनीति पनि गरे । त्यसमा पनि आफुलाई कमजोर महसुस गरे । त्यसपछि आफ्नो क्षमताहरु बढाउन उनले ध्यान विधिहरुलाई अप्नाए । फेरी त्यसको जरामा जाँदा उसले वेदलाई भेट्टाए र हाल आफुलाई योग,ध्यान, प्रणायममा लगाएका छन् र आफुलाई निखार्दै लगिरहेका छन् ।

कुनै विषयमा उनले विशेषज्ञता हाँसिल गरेका छैनन् तर उनले आफुले जानेको कुरालाई राम्रोसँग प्रयोग गरेर मानिसहरुलाई १४ वर्ष देखि सेवा दिदै आएका छन् ।

नयाँ आविष्कारहरुको विषयमा जिज्ञास राख्ने क्रममा लिलानन्द हिटिङ, भाईब्रेसन लगायतका धेरै मेसिन तथा विधिको प्रयोग गरेको तर, दिर्घकालिन रुपमा शरिरलाई लाभ गर्ने डिट्क्स मेसिन मात्र भेटाएको बताउँछन् ।

‘मैले धेरै मेसिन प्रयोग गरेँ, तिनीहरुका आ–आफ्नै साइड इफेक्ट थिए, तर डिक्स मेसिन मात्र एउटा मेसिन थियो जुन सबैको लागि लाभ दायक बन्यो,’उनले भने ।

यसको प्रयोग गरेको मानिसले पुनः प्रयोग गर्दा कुनै असर नहुने उनको भनाइ छ । उनले मेसिनको बारेमा जानकारी पाइसकेपछि एक वर्ष भन्दा बढि प्रयोग आफ्नो नजिकको साथीभाई र आफन्तहरुमा जाँचेर हेरेको बताए । दई तीन किलोे ट्युमरको डल्लो भएका बिरामीका लागि पनि यसले निको पारेको उनी बताउँछन् ।

घरबाट ट्युमर भई बोकेर ल्याएका बिरामी पनि यसको प्रयोगले स्वस्थ भएको उनको भनाइ छ । ट्युमर मात्र हाइन २२ एमएमको पत्थरी पनि निको भएका उदाहरण उनीसँग प्रशस्त छन् । उनकोमा सिजनमा डिट्क्सिङको लागि ३० देखि ४० जना आउने गरेका छन् ।

मेसिनले मात्र रोग निको पार्छ त ?

मेसिन उपचारको एउटा पाटो मात्र भएको लिलानन्द बताउँछन् । यसले मात्र रोग निको पार्न सक्छ सोच्नु भ्रम मात्र भएको उनको भनाइ छ । डिट्क्स मेसिनको प्रयोगको साथसाथै खानपानमा ख्याल गर्नुपर्छ । जब फोहोर विकार पदार्थहरु शरिरबाट निकालिन्छ त्यसलाई स्वस्थ खानाले बदल्नुपर्छ ।

मानसिहरु अहिलेको अवस्थामा अल्छी,व्यस्त हुने भएकोले पनि यो एउटा सजिलो उपाय बनेको छ । मानिसहरुमा रोग लागेपछि मात्र स्वास्थ्यको जाँच गर्ने प्रवृति छ । तर, यो विधी रोग लागेपछि मात्र नभएर रोग लाग्न नदिन गरिने शरीरको सरसफाई पनि हो ।

प्रायः जसो मानिसहरु रोग लागेपछि मात्र आफ्नोमा आउने गरेको उनी बताउँछन् ।
घरमै कसरी ठीक पार्न सकिन्छ ?

मानिसहरुले डिटक्स मेसिन घरमै राखेर पनि उपचार गर्न सक्छन् । यसको प्रयोगको बारेमा सिकेर मानिसले आफ्नो घरमा सजिलै यो मेसिन प्रयोग गर्न सकिने उनले बताए । यसको मूल्य २५ हजारभन्दा माथि पर्ने उनले बताए ।
यसमा ईलेक्ट्रोड (पानीमा डुबाईएको रड) हन्छ ।

जुन ईलेक्ट्रोलाइसिस हुँदा १५ देखि २० प्रतिशत खिएर जान्छ । यसलाई ५० पटक सम्म प्रयोग गरेपछि (खुट्टा डुबाएपछि ) परिवर्तन गनुपर्छ । यो १० वर्ष भन्दा बढि टिक्न सक्छ । ईलेक्ट्रोलाइसिस एउटा सामान्य विधि हो ।

यसमा कुनै पनि विशेषज्ञहरु आवश्यक पर्दैन । यद्यपी व्यक्तिको अवस्था अनुसार कति मात्रा करेन्ट प्रयोग गरेर चलाउन जरुरी छ भन्ने विषय जान्न आवश्यक छ ।

डिटक्स कस्तो व्यक्तिले प्रयोग नगर्न ?

१. छारे रोग लागेको व्यक्तिले निको नभएसम्म प्रयोग गर्नु हुँदैन

२. छालाभन्दा भित्र स्टिल तथा अन्य धातुहरूका साथै पेसमेकर (मुटु चलाउने मेसिन) राखिएको छ भने यो मेसिन प्रयोग गर्नु हुँदैन ।

३. शरीरको कुनै पनि भागमा गहिरो तथा ठुलो घाउ, चोट वा अप्रेशनको घाउ छ भने निको नभएसम्म प्रयोग गर्नु हुँदैन ।
४. महिलाले महिनावारीको ४ दिनसम्म वा रगत बन्द नभएसम्म, गर्भवती र बच्चालाई दुध खुवाइरहेको अवस्थामा प्रयोग गर्नुहुँदैन ।

५. इन्सुलिन लिइरहेको सुगरको बिरामीले राम्रोसँग बुझेर मात्र प्रयोग गर्नु पर्दछ ।

६. धेरै ज्वरोमा, खाली पेटमा र ब्रतको दिनमा प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

यसबाहेक सामान्यतया ५ वर्ष भन्दा माथिको जुनै पनि व्यक्तिले यसलाई प्रयोग गर्न सक्छन् ।

मेसिन प्रयोग गर्दा के गर्ने ? के नगर्ने ? .

१.मेसिन प्रयोग गरिरहेको समयमा मोवाइल स्विच अफ गर्ने । घडी तथा चालु अवस्थाको मेसिनहरु साथमा नराख्ने ।

२.फोहोर निकालिरेहेको आधा घण्टा अवधिभर कम बोल्ने, शरीरलाई सजिलो र ढाड सिधा अवस्थामा राख्नु राम्रो हुन्छ ।

४.त्यो समयमा हातको एक्युप्रेसर, व्यायम गर्नु बढी लाभकारी हुन्छ ।

५. लामो र गहिरो श्वास चलाउने र रोक्ने अभ्यास सिकेर मेसिन प्रयोेग गर्नु धेरै राम्रो हुन्छ ।

६. ध्यान गरेर शरीरको रोग वा अंगहरुमा मन लगाई फोहोर निक्लेको अनुभव गर्नु ज्यादै राम्रो हुन्छ ।

७. मेसिन प्रयोग भइरहेको आधा घण्टाको समय अवधि भर खुट्टा नगर्ने । किनकी फरक अंगहरुबाट फरक रंगका फोहोर पदार्थहरु निस्किएको हुन्छ । खुट्टा चलाएमा मिसिएर कुन अंगबाट निस्किएको फोहोर भन्ने छुट्याउन सकिँदैन ।

८. धेरै फाइदा पाउनका लागि कम्तिमा एक दिनको अन्तरमा मेसिन प्रयोग गर्ने । धेरै कमजोर तथा वृद्ध अशक्तहरूले २/३ दिनको अन्तरमा प्रयोग गर्नु राम्रो हुन्छ ।

९. केही व्यक्तिलाई केही पटकमा नै फाइदा हुन पनि सक्दछ तर शरीरको सबै भागमा रहेको फोहोर निकाल्नका लागि कम्तिमा ५ पटक अर्थात (एक कोर्ष) पुरा गर्नु पर्दछ । कोर्ष पूरा गर्नाले शरीरको धेरै फोहोर निस्किने भएकोले रोग बल्झिने सम्भावना कम हुन्छ । रोग निर्मुल नभएसम्म कोर्ष थप गर्दै गर्नु पर्दछ ।

१०. मेसिन तथा पद्धतिको बारेमा जिज्ञासा, शंका तथा दुविधा भएमा विज्ञ तथा अनुभवी व्यक्तिलाई भेटेर सल्लाह गर्ने । अनुभव नभएका व्यक्तिसँग कुनै पनि कुरा नसोध्ने । किनकी उनीहरुले झन् धेरै समस्या र टेन्सन थपिदिन सक्छन् । अझै अन्योल उत्पन्न हुन सक्छ ।

११. खाना खाएपछि मेसिन प्रयोग गर्नाले बढी फाइदा तथा प्रभावकारी हुन्छ । ब्लड पे्रसर कम, कमजोरी, सुगरका रोगी तथा वृद्धहरुले खाना खाएर मात्र मेसिन प्रयोग गर्नु पर्दछ ।

१२. मनमा शंका, दुविधा, चिन्ता तथा छटपटी छ भने त्यसलाई हटाएर ढुक्क भएपछि मात्र यो मेसिनको प्रयोग गर्नुपर्दछ ।

१३. कोर्ष अवधिभर आफ्नो रोग बढाउने खानाहरु खाएमा पुरानो फोहोर धेरै तान्न सकिंदैन । किनकी हालसाल खाएको खानाको विकार (फोहोर) तान्नलाई नै धेरै समय खर्च हुन्छ ।

साथै फोहोर निकालेको खाली ठाउँमा फेरी फोहोर नै भरिन्छ । फोहोर निकालेर खाली भएको ठाउँमा शुद्ध र पोषिलो खुराक भरिएर नै रोग छिटो निर्मुल हुन्छ ।

डिटक्स मेसिनले शरिरको भित्री सफाई कसरी गर्दछ ?

१. पैतलामा पसिना निस्कने हजारौं प्वाँलहरू हुन्छन् । ती प्वाँलहरूबाट सम्पूर्ण अङ्गहरूमा जमेको फोहोर डिटक्स मेसिनले पगालेर निकाल्न सकिन्छ ।

२. शुरुमा पानी राखेको भाँडामा पैतला राखेर मेसिन चालु गरी ३० मिनेट राखिन्छ ।

३. मेसिनबाट १२ देखि १६ भोल्ट डीसी करेन्ट पानीमा चालु गरिन्छ । जुन करेन्ट शरीरमा अनुभव हुँदैन। तर, सबै अङ्गमा करेन्ट प्रवाह हुन्छ । मोबाइल चार्जरबाट जस्तै थोरै करेन्ट मात्र शरीरमा फैलिन्छ ।

४. शरीरको कुना कुनामा जमेको, टाउकोदेखि पैतलासम्मको सबै अङ्ग, नशा तथा जोर्नीमा जमेको सबै केमिकलहरु मेसिनको सिस्टमले तानेर भाँडोमा राखेको पानीमा छोडिदिन्छ । जुन फोहर आँफैले हेरेर कुन अंगको फोहोर कति निस्कियो भन्ने कुरा थाहा पाउन सकिन्छ ।

५. करेन्टले उत्पन्न गरेको आयन शरीरको कुना– कुनामा पुग्दछ । यसले शरीरको खराब तत्वहरू रसायनिक परिवर्तन गराई पगालेर पसिनाको छिद्रबाट बाहिर निकाल्दछ ।

६. शरीरभित्र रहेको खराव पदार्थहरू जस्ताको त्यस्तै आउँदैन, रङ्ग, गुण र गन्ध परिवर्तन भएर आउँदछ । त्यसैले निकालेको फोहरलाई ल्याब टेष्ट गर्दा शरीरमा भएकै तत्वहरु देखिन सक्छ ।

७. पानीमा निकालिएको फोहोर पदार्थहरूको रङ्गको आधारमा शरीरको कुन भागबाट कति फोहोर आएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.