प्रवधिमैत्री बन्दै ट्राफिक प्रहरी, ट्राफिक लाईट बढाउनेदेखि अनलाईन सेवा विस्तार गर्नेतर्फ जोड

  २०७६ माघ २६ गते १५:४९     विकासन्युज

काठमाडौं ।  पछिल्लो समय ट्राफिक प्रहरी प्रविधिमैत्री बन्दै गएको छ । सवारी आवागमनलाई सुरक्षित, मर्यादित एवं व्यबस्थित बनाउन र सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले प्रविधिमा बढी जोड दिएको हो ।

महानगरिय ट्राफिक महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ट्राफिकले प्रविधिमा जोड दिएको बताएको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको उपलब्धि र काम कारबाही बारे जानकारी गराउँदै महाशाखाका प्रमुख भीमप्रसाद ढकालले ट्राफिक प्रहरीले प्रविधिमा बढी जोेड दिएकोे बताए ।

पछिल्लो समय सीसीटीभीको निगरानीबाट नै सवारी चालक  बढी कारबाहीका पर्ने गरेको उनकाे भनाइ छ ।
उनले ट्राफिक प्रहरीलाई प्रविधिमा जोड दिनका लागि विभिन्न योजनाहरु लिएको उल्लेख गरे । महाशाखाले आगामी दिनमा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा जोड (ट्राफिक लाईट, सीसीटीभी, अनलाईन सेवा र एफएमको क्षमता वृद्धि), सडक पूर्वाधार विकासमा जोड (सडक लेन मार्किङ्ग, संकेत बोर्डहरू),प्रविधिमार्फत जनचेतना अभिवृद्धि कार्यलाई व्यापकता दिने बताए ।

प्रमुख ढकालले पैदलयात्री दुर्घटना हुने बिषयलाई न्यूनिकरण गरिने, सवारी साधन बिक्रेताले खरिदकर्ताहरुलाई सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्रि गर्ने व्यवस्था मिलाउने, तेस्रो चरणको युवा स्वंयमसेवक परिचालन कार्यक्रम गरिने बताए ।

स्कुलहरूमा ट्राफिक चिल्ड्रेन पार्कबनाउने, रुट पर्मिट बितरण प्रणालीमा सुधार र व्यबस्थापनको लागी समन्वय र अध्ययन गरिने, जेष्ठ नागरीकहरुलाई सार्बजनिक यातायातमा विशेष व्यवस्थाको लागि समन्वय एव पहल गरिने र ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजना लाई कार्यान्वयन गरि पूरा गरिने उनकाे भनाइ छ ।

६ महिनामा २० हजार कारबाहीमा

ढकालले चालु आर्थिक वर्षको ६ महिना सम्म २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको बताए । सडकमा जथाभावी पार्किङ, सवारी मोड्ने, ढाका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारी चालकलाई कारबाही गरिएको उनले बताए ।

यो सँगै साउनयता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन पनि गरिएको उनको भनाइ छ ।

पुस १ गतेदेखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिइएको छ उनले बताए ।

‘याे कार्यक्रम अन्तर्गत ४५ हजार १ सय ४७ जना पैदलयात्री, १ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारी चालकलाई सचेतना प्रदान गरिएको छ,’ उनले भने ।

उनले ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लंघन गर्नेलाई विभिन्न स्थानमा रहेका नसीसीटीभीको निगरानीमा व्यापकता दिएको बताए । जसअन्तर्गत दैनिक १ सयदेखि १ सय ५० सम्मलाई कारवाही गरिएको र यस आबमा ९ हजार ६ सय १८ जना सवारी चालकलाई कारबाहि गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.