यस्तो रह्यो यी १९ वाणिज्य बैंकको ६ महिनाको नाफाको अवस्था

  २०७६ माघ २६ गते १५:०५     विकासन्युज

काठमाडौं । संचालनमा रहेका २७ मध्ये १९ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनाको नाफा सार्वजनिक भएको छ । यी बैंकहरुले साढे २३ अर्ब रुपैयाँ नाफा गरेका छन् ।

यद्यपि यो नाफा बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसारको हो । बैंकहरुको अन्तिम लेखापरीक्षण तथा नेपाल राष्ट्र बैंकले व्यालेन्ससीट स्वीकृत गर्ने बेलामा नाफा रकम तलमाथि पर्न सक्छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामामा करिब ४ करोड रुपैयाँ बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकको नाफा ७८ करोड १३ लाख रुपैयाँ थियो ।

एनसीसी बैंक

चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा बैंकले ७३ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो ।

एनएमबी बैंक

एनएमबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा २ अर्ब १४ करोड रूपैयाँ नाफा गरेको छ । उक्त नाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मकोसमेत समावेश भएको कम्पनीले जानकारी गराएको छ ।

ग्लोबल आईएमई बैंकको १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ र जनता बैंकको ४५ करोड १३ लाख रुपैयाँ गरी बैंकको नाफा २ अर्ब १४ करोड रूपैयाँ नाघेको हो । गत वर्षको सोही अवधिमा ग्लोबल आईएमईले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो ।

एनबी बैंक

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बंगलादेश (एनबी) बैंकले ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ७९ करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो ।

हिमालयन बैंक

चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।

प्रभु बैंक

प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।

कृषि विकास बैंक

चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो ।

कुमारी बैंक

कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ३० लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो ।

प्राइम कमर्शियल बैंक

प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।

सानिमा बैंक

सानिमा बैंकले ६ महिनामा १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बेंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।

लक्ष्मी बैंक

चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा लक्ष्मीले ७३ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो ।

नेपाल बैंक

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो ।

सनराइज बैंक

सनराइज बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा उसको नाफा ७९ करोड २७ लाख रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.