यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा अमलान मुखर्जी

  २०७६ माघ २६ गते १२:२४     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशक(एमडी)मा अमलान मुखर्जी नियुक्त भएका छन् । माघ २४ गते(फेब्रुअरी ७) बसेको कम्पनी सञ्चालक समितिको बैठकले मुखर्जीलाई कम्पनीको एमडी पदमा नियुक्त गरेको हो ।

नवनियुक्त एमडी मुखर्जीले आगामी फागुन १८ गते(मार्च १)देखि आफ्नो पदको जिम्मेवार सम्हाल्ने छन् ।

हाल कम्पनीको एमडी पदको जिम्मेवार आशिष राईले सम्हालिरहेका छन् । उनले आगामी फागुन १७ गतेदेखि (फेब्रुअरी २९) लागू हुने गरी उक्त पदबाट राजिनामा दिँदै छन् ।

त्यसपछि रिक्त हुने कम्पनीको एमडी पदमा अमलान मुखर्जी नियुक्त गरिएको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.