गायक सुनिल गिरीको ‘रोगै पिरती’ गीतको भिडियो सार्वजनिक

  २०७६ माघ २६ गते १०:२३     विकासन्युज

काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत ‘रोगै पिरती’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लाम क्यारे माया बोलको गीतले चर्चा बटुलिरहेकै बेला गायक गिरीले शनिबार आफ्नै च्यानलबाट रोगै पिरती बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

तनहुँ आसपासका स्थानमा गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमी जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ ।

गायक स्वयमको अभिनय रहेको गीतको भिडियोमा समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन तथा मोसन ग्राफिक रहेको भिडियोको निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् । निर्देशक मानन्धरकै छायांकन रहेको गीतको एजेन्ज, कम्पोज पनि गायक गिरीकै हो ।हेर्नुहाेस् भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.